काठमाडौं । आइतबार भएको शिक्षक आन्दोलनको क्रममा प्रहरीको लाठीचार्जबाट घाइते शिक्षकहरूको नामावली र्साजनिक भएको छ ।
नेपाल शिक्षक महासंघले घाइते ४६ जनाको नामावली सार्वजनिक गरेको हो ।
घाइते भएकाहरूको काठमाडौंको सिभिल अस्पताल, एभरेष्ट अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
उपचाररत केही शिक्षकहरू सामान्य उपचारपछि फर्किएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ । गम्भीर शिक्षकहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
हेलमेटधारीले निम्तिएको अराजक आन्दोलन, शिक्षक र प्रहरीको आ-आफ्नै विश्लेषण