शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना शिक्षक घाइते, गम्भीर भएकाहरूको उपचार ट्रमा सेन्टरमा

फाइल तस्बिर ।

काठमाडौं । शिक्षक र प्रहरीबीच झडप भएको छ । आन्दोलनको २६ औं दिन नयाँ बानेश्वरमा शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्दा ढुङ्गामुढा प्रहर भएको हो । 

शिक्षक महासंघका अनुसार झडपमा १५ जना शिक्षक घाइते भएका छन् । उनीहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर भएकाहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा फालेको थियो । 

दरबार हाईस्कुलका सहायक प्रमुख पदम बटालाले आफूहरू शान्तिपूर्णरूपमा आन्दोलन गर्दा पनि प्रहरीले दमन गरेको बताए । शिक्षक बटालाको टाउको मुखमा गम्भीर चोट लागेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत शिक्षक बटालाले प्रहरीले पानीको फोहोरा, लाठी र रड प्रयोग गरेर शिक्षकमाथि धरपकड गरेको जनाएको छ । उनका अनुसार रिपोर्टिङ गरिरहेका पत्रकार पनि अस्पतालमा भर्ना हुनुपरेको छ । 

नेपाल शिक्षक महासंघले शिक्षकमाथि गरेको धरपकडको विरोध गरेको छ ।

Share News