बीवाईडीको त्रैमासिक नाफा गत वर्षको तुलनामा १००.४ प्रतिशतले वृद्धि

काठमाडौं । बीवाईडीको पहिलो त्रैमासिक नाफा गत वर्षको तुलनामा १००.४ प्रतिशतले वृद्धि भएको छ, जुन झन्डै दुई वर्षयताकै सबैभन्दा तीव्र दरको वृद्धि हो । 

चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) कम्पनीले स्मार्ट ईभी मूल्ययुद्ध सुरु गरेपछि प्रतिस्पर्धी बजारमा आफ्नो अग्रता अझै विस्तार गरेको देखिएको छ ।

कम्पनीले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार शुद्ध नाफा ९.२ अर्ब युआन (१.२६ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन यसअघि अनुमान गरिएको ८.५ देखि १० अर्ब युआनको दायराभित्र पर्छ ।

त्रैमासिक अवधिमा राजस्व १७०.४ अर्ब युआन रहेको छ, जुन वर्षको आधारमा ३६.४ प्रतिशत वृद्धि हो । अघिल्लो त्रैमासमा यो वृद्धिदर ५२.७ प्रतिशत थियो ।

चीनको सबैभन्दा ठूलो ईभी निर्माता बीवाईडीले पछिल्ला केही महिनामा बजारमा हलचल ल्याएको छ । कम्पनीले आफ्नो 'गड’आइज' ड्राइभर-असिस्ट प्रणाली सबै मोडेलहरूमा अतिरिक्त लागतबिना स्ट्यान्डर्ड रूपमा उपलब्ध गराएको छ र नयाँ सुपर-चार्जिङ ईभी प्रविधि प्लेटफर्म सार्वजनिक गरेको छ ।

बीवाईडीको यस्तो प्रतिस्पर्धात्मक रणनीतिले लीपमोटर, जीली र टोयोटाजस्ता प्रतिस्पर्धी कम्पनीहरूलाई पनि सस्तो मूल्यमा स्मार्ट विशेषतायुक्त ईभी ल्याउन बाध्य बनाएको छ ।

दुनियाँकै सबैभन्दा ठूलो गाडी बजार चीनमा धेरै वर्षदेखि चलिरहेको मूल्ययुद्धमा नयाँ अध्याय थप्दै बीवाईडीले आफ्नो गृह बजारमा अग्रता विस्तार गर्न खोजेको हो, जहाँ उसले जनवरीदेखि मार्चसम्म १३.६ प्रतिशत बजार हिस्सा ओगटेको थियो । अघिल्लो वर्ष सोही अवधिमा यो हिस्सा १२.१ प्रतिशत मात्र थियो ।

यसको विपरीत फक्सवागनका दुई संयुक्त उद्यमले चीनमा पहिलो त्रैमासिकमा संयुक्त रूपमा १२. १ प्रतिशत बजार हिस्सा मात्रै राख्न सके जुन अघिल्लो वर्ष १३.७ प्रतिशत थियो ।

यद्यपि यस साता शाङ्घाई अटो शोमा बीवाईडी र अन्य अटो कम्पनीहरूले स्मार्ट सुरक्षालाई प्राथमिकतामा राख्दै ड्राइभिङ क्षमता प्रस्तुत गरेका छन् ।

स्मार्ट ड्राइभिङसम्बन्धी प्रचारप्रति सरकारको कडाइ आएपछि यस्तो रणनीति देखिएको हो । मार्चको अन्त्यतिर साओमी एसयू सेभेनको एक घातक दुर्घटनापछि सरकारको निर्देशनले 'स्मार्ट' वा 'स्वायत्त' जस्ता शब्दहरू प्रयोग गरेर प्रविधि प्रचार गर्न निषेध गरेको छ ।

गृह बजार (बीवाईडीको कुल बिक्रीको लगभग ९० प्रतिशत हिस्सा) बाहेक कम्पनीले यस वर्ष ८ लाख गाडीहरू निर्यात गर्ने लक्ष्य लिएको छ ।

साथै युरोपेली बजारमा रणनीतिक कमजोरीहरू देखिएपछि बीवाईडीले त्यहाँ आफ्नो व्यावसायीक संरचना पुनर्गठन गरिरहेको छ ।

लिगेसी बोकेको पोर्शेलाई पनि चीनमा सकस, विदेशी अटोमेकरका बिक्री धमाधम घट्दै

मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्यो कमाल

भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला

ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा

ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक

घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित

ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने

२५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने

साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा

Share News