आवासीय चिकित्सकहरूले स्वास्थ्य मन्त्रालय घेराउ गर्दै

काठमाडौं । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्दै छन् ।  डेढवर्षदेखि निर्वाहभत्ताको माग गर्दै आन्दोलनमा उत्रेका चिकित्सकले बिहीबारदेखि फेरि आन्दोलन कडाइ गर्दै मन्त्रालय घेराउ गर्न लागेको जनाएका छन् । 

आवासीय चिकित्सक डा. तेजशु मल्लले बिहीबार देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने बताए । उनका अनुसार उपत्यकामा रहेका निजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूले माईतीघर मण्डलमा जम्मा भइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेर्ने भएका छन् । 

२८ दिनदेखि जारी चिकित्सकको आन्दोलनप्रति सरकार गैरजिम्मेवार र उदासीन भएको आरोप भएको बताउँदै उनीहरूले बाध्य भएर आन्दोलन कडा पार्नुपरेको बताएका छन् ।

Share News