काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले हालको चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गरेको हो । कम्पनीले घाेषणा गरेकाे लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि लाभांश वितरण प्रक्रिया अघि बढाइनेछ ।