काठमाडौं । लगानीकर्ता र बैंकहरूको अनुसार 'डि-अमेरिकनाइजेशन' भनिने प्रवृत्तिस्वरूप धेरैजसो धनी अमेरिकीहरू स्विट्जरल्यान्डमा बैंक खाता खोल्न थालेका छन् ।
स्विस बैंकहरूले हालैका महिनाहरूमा उच्च नेटवर्थ अमेरिकी ग्राहकहरूबाट लगानी खाता खोल्ने रुचि र कारोबारमा उल्लेखनीय वृद्धि भएको बताएका छन् ।
'यो लहरहरूमा आउँछ,’ स्विस वित्तीय परामर्श कम्पनी अल्पेन पार्टनर्स इन्टरनेशनलका सीईओ पिएर गाब्रिसले भने, 'जब (पूर्वराष्ट्रपति बाराक ओबामा) निर्वाचित भए, त्यतिबेला एक ठूलो लहर आयो । त्यसपछि कोभिड अर्को लहर बन्यो । अब भन्सार महसुल (ट्यारिफ) ले नयाँ लहर ल्याएको छ ।’
गाब्रिसका अनुसार खाताहरू खोल्ने ग्राहकहरूको उद्देश्य फरक-फरक हुन्छ । धेरैले अमेरिकी डलरबाट लगानी हटाएर डाइभरसिफी (जोखिम घटाउनको लागि लगानीलाई विभिन्न क्षेत्रमा फैलाउनु) गर्न चाहन्छन्, किनकि उनीहरू विश्वास गर्छन् कि बढ्दो अमेरिकी ऋणका कारण डलर अझ कमजोर हुनेछ । स्विट्जरल्यान्डको तटस्थ राजनीति, स्थिर अर्थतन्त्र, बलियो मुद्रास्फीति र भरपर्दो कानुनी प्रणाली मुख्य आकर्षण हुन् ।
केही राजनीतिक कारणले प्रेरित छन् र उनीहरूलाई लाग्छ कि ट्रम्प प्रशासनअन्तर्गत अमेरिकामा कानुनको शासनमा गिरावट आएको छ । अरूले स्विट्जरल्यान्डमा फिजिकल गोल्ड (सुनको सिक्का, बिस्कुट र गहना) किन्नका लागि खाता खोलिरहेका छन्, जुन सुन भण्डारण र रिफाइनरीका लागि प्रसिद्ध छ ।
गाब्रिसले थपे, 'धेरैजना युरोपमा बसोबास वा दोस्रो नागरिकता खोजिरहेका छन् र सम्पत्ति किन्न चाहन्छन्। यो योजना बी हो ।’
स्विस बैंक खाता खोल्नु सामान्य प्रक्रिया हो, तर यसले अमेरिकी खुलासासम्बन्धी कडा कानुनहरूको पालना गर्नुपर्छ । प्रमुख अमेरिकी बैंकहरूले आफ्ना ग्राहकहरूका लागि स्विस खाता खोल्न सक्दैनन् तर तिनीहरूको केही स्विस कम्पनीहरूसँग सिफारिस सम्बन्धहरू छन्, जसले धितोपत्र तथा विनिमय आयोग (एसईसी) सँग दर्ता गरेर अमेरिकी लगानीकर्ता स्वीकार गर्न पाउँछन् ।
अमेरिकी ग्राहकहरूका लागि एसईसीसँग दर्ता भएको ठूलो स्विस बैंक मानिएको भोन्टोबेल एसएफएले यसबारे कुनै टिप्पणी गर्न मानेन । तर स्विस निजी बैंक पिकटेटले भने यसको स्विस-आधारित संस्था पिकटेट नर्थ अमेरिका एडभाइजर्समार्फत ग्राहकहरूको अनुरोधमा 'उल्लेखनीय वृद्धि' देखिएको बताएको छ ।
स्विस बैंकमा खाता खोल्न कहिल्यै कर छल्ने माध्यमजस्तो लागे पनि अहिले यो अत्यधिक नियमनमा छ र अझ बढी प्रचलनमा आएको छ- कर फारम र रिपोर्टिङसहित ।
गाब्रिसले भने, 'धेरै अमेरिकीहरूले बुझ्न थालेका छन् कि उनीहरूको सम्पूर्ण पोर्टफोलियो अमेरिकी डलरमै सीमित छ, त्यसैले अब उनीहरू सोचिरहेका छन् -‘सायद म विविधिकरण गर्नु पर्छ होला ।'
एकातिर 'अमेरिकालाई महान बनाउने' लक्ष्यमा ट्रम्प, अर्कोतिर कम्पनीहरू धमाधम डुब्दै