काठमाडौं महानगरको मेलमिलाप संयन्त्र युरोपेली देशका लागि अनुकरणीय अभ्यास हो : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको मेलमिलाप संयन्त्र र त्यसबाट भएका अभ्यास युरोपेली देशहरूका लागि अनुकरणीय र सिकाइ योग्य बनेको उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । वेल्जियम भ्रमण सम्पन्न गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उपप्रमुख डंगोलले भ्रमणका उपलब्धिबारे जानकारी दिइन् ।

'स्थानीय तहबाट मेलमिलाप संयन्त्र सञ्चालन गर्ने प्रक्रिया उहाँहरूका लागि नौलो अनुभव रह्यो,' डंगोलले भनिन्, 'युरोपेली युनियनको वैकल्पिक विवाद समाधान अभ्यास अवलोकनपछि मैले काठमाडौं महानगरपालिकामा न्यायिक समितिमार्फत सञ्चालित वडा स्तरीय मेलमिलाप केन्द्र, महिला सञ्जालको गठन, निःशुल्क कानुनी सेवा र विपन्नका लागि अदालतमा कानुनी सहायता जस्ता प्रयासबारे प्रस्तुतिकरण गरेँ ।'

उनका अनुसार प्रस्तुतिपछि सहभागी युरोपेली प्रतिनिधिहरूले काठमाडौं महानगरपालिकाको अभ्यास केही युरोपेली देशहरूको भन्दा प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए । 'उक्त प्रतिक्रियाले खुशीसहित थप जिम्मेवारीको अनुभूति गराएको छ,' डंगोलले भनिन् ।

महानगरपालिकाले पछिल्लो समय स्थानीय तहमा न्यायसम्मत विवाद समाधानलाई सुदृढ बनाउने उद्देश्यले मेलमिलाप संयन्त्रलाई संस्थागत बनाउँदै आएको छ ।

Share News