माईतीघरमा १९ दिनदेखि शिक्षकहरूको आन्दोलन जारी

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि प्रदर्शन गर्दै आफ्नो अडान दोहोर्याएका छन् ।

१९ दिनदेखि काठमाडौंको माईतीघरमा लगातार प्रदर्शन गर्दै आएका शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् ।

शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनु पर्ने हो । उनीहरूले ऐन नआएसम्म आन्दोलन नगर्ने अडान दोहोर्याएका छन् । आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने भए पनि शिक्षकहरूले सो परीक्षामा संलग्न नहुने जानकारी दिए ।

शिक्षकहरूले शनिबारसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म प्रदर्शन गर्दै आएका थिए । तर, आइतबारदेखि भने आन्दोलनको समय परिवर्तन गरी बिहान ९ बजेदेखि १२ बजेसम्म पुर्याइएको छ ।   

Share News