काठमाडौं । सरकारले राष्ट्रिय महत्वका सडक बनाउँमा ६ अर्ब रुपैयाँ खर्च गरिरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच वर्षे रणनीतिक योजना बनाएरै रकम खर्च गर्ने र पूर्वाधार निर्माण गर्ने काम गरिरहेको मन्त्रालयका सूचना अधिकारी विष्णुप्रसाद शर्माले विकास न्युजलाई बताए ।
उनका अनुसार चालू आर्थिक वर्ष २०७३/७४ देखि पाँच वर्षे रणनीतिक योजना बनाएर ६ खर्ब २० अर्ब रुपैयाँ खर्च गर्न सुरु भैसकेको छ । यो रकम विभिन्न दातृ निकायको ऋण तथा अनुदान सहयोगमा र नेपाल सरकारको बार्षिक बजेटबाट खर्च गर्ने गरी तय भएको छ ।
यो रकम हरेक वर्षको बार्षिक बजेटमा राखिँदै खर्च गर्दै जाने पनि उनले बताए । उनका अनुसार यही रणनीतिक सडक निर्माणका लागि मन्त्रालयले यो वर्ष १ खर्ब २ अर्ब रुपैयाँको बजेट माग गरेको थियो । सरकारले ९५ अर्ब दिएको छ । अर्को बर्षलाई लागि मन्त्रालयले १ खर्ब ५ अर्ब माग गरेको पनि शर्माले जानकारी दिए ।
उनका अनुसार आवश्यक रकम जुटाउने काममा सरकारले विभिन्न स्रोतको उपयोग गरेर भएपनि गरेकोले निर्धारित समयमा नै पाँच वर्षे रणनीतिक योजनाका सडक निर्माण पूरा गर्ने गरी काम गरिरहेका छौ । उनका अनुसार साँघुरा सडकको विस्तार र भूकम्पपछिको पुनर्निर्माणसहतिका सडकमा यो रकम खर्च भइरहेको छ ।
मन्त्रालयले २०७३ देखि २०७८ सम्म पाँच वर्षे रणनीति बनाएर यो रकम खर्च गर्न सुरु गरिसकेको छ । मन्त्रालयका अनुसार विभिन्न दातृ निकाय र नेपाल सरकारको संयुक्त प्रयासबाट अगाढि बढाउन सुरु गरिएको यो सडकमा धेरैवटाको प्रकृया अगाडिढ बढिसकेको छ भने भूकम्प प्रभावित जिल्लाका लागि सडक निर्माणको काम नै भैसकेको छ ।
सरकारले भूकम्पबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण अन्र्तगत अरनिको राजमार्ग, बीपी राजमार्ग, गोरखा–बारपाक सडकलगायत चार सय किमि सडकको मर्मतसम्भार गरेको हो । यो सडक बनाउन २ अर्ब ५० करोड रुपैयाँ खर्च भइरहेको छ । विभिन्न सडकमा पर्ने ८७ वटा पुलको मर्मत सम्भारमा एक अर्ब १० करोड र दोलखा–सिंगटी, पाँचखाल–मेलम्ची, धादिङ–आरुघाटा–गोरखा सडक गरी भूकम्पले क्षति पुर्याएका एक सय ३५ किमि सडक मर्मतमा दुई अर्ब रुपैयाँ खर्चने काम भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले भूकम्पबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण अन्र्तगत अरनिको राजमार्ग, बीपी राजमार्ग, गोरखा–बारपाक सडकलगायत चार सय किमि सडकको मर्मतसम्भार गरिरहेको छ । |
मन्त्रालयले डोल्पा र हुम्ला सदरमुकाम आगामी पाँच वर्षभित्रै सडक सञ्जालले जोड्ने गरी काम सुरु गरिरहेको छ । यो दुई जिल्लालाई एक वर्षदेखि पाँच वर्षसम्मको रणनीति बनाएर काम थालिएको छ ।
मन्त्रालयले प्रमुख राजमार्गको विकास, स्तरोन्नति, उत्तर दक्षिण जोड्ने व्यापारिक नाकाको सडक विकास, उपत्यका सडक सुदृढीकरण, रणनीतिक सडकमा पुल निर्माण तथा मर्मत, सुरुङमार्ग विकासमा काम भइरहेको जनाएको छ ।
मन्त्रालयले यही रकमबाट मुग्लिङ–नारायणगढ सडक तीब्रताका साथ मर्मत गरिरहेको छ । मध्यम सडक खण्डलाई २ लेन बनाउने काम भइरहेको छ । मुग्लिन–काठमाडौं मर्मत सुरु भएको छ । पूर्वपश्चिम सडकलाई चार लेनको बनाउने, नागढुंगा–नौविसे र टोखा–नुवाकोट जोड्ने सुरुङमार्गलगायतको निर्माण प्रकृया अगाडि बढिसकेको मन्त्रालयले जानकारी दिएको छ ।