डिशहोमले ईजभीजको वाइफाइ आईपी क्यामेरा बिक्री गर्ने

<p>काठमाडौं । डिशहोम इन्टरनेटले अब ग्राहकहरूको सुरक्षा आवश्यकतालाई ध्यानमा राख्दै वाइफाइ आईपी क्यामेरा पनि उपलब्ध गराउने भएको छ । यसका लागि ईजभीज र हाईकभिजनको नेपाल वितरक शारदा समूहको भगिनी संस्था वत्सल इम्पेक्स प्राइभेट लिमिटेडसँग डिशहोम इन्टरनेटले रणनीतिक साझेदारी घोषणा गरेको छ । कम्पनीका अनुसार घर तथा कार्यालय निगरानीका लागि ईजभीजद्वारा निर्मित वाइफाइ आईपी क्यामेरा विश्वभर [&hellip;]</p>

काठमाडौं । डिशहोम इन्टरनेटले अब ग्राहकहरूको सुरक्षा आवश्यकतालाई ध्यानमा राख्दै वाइफाइ आईपी क्यामेरा पनि उपलब्ध गराउने भएको छ । यसका लागि ईजभीज र हाईकभिजनको नेपाल वितरक शारदा समूहको भगिनी संस्था वत्सल इम्पेक्स प्राइभेट लिमिटेडसँग डिशहोम इन्टरनेटले रणनीतिक साझेदारी घोषणा गरेको छ ।

कम्पनीका अनुसार घर तथा कार्यालय निगरानीका लागि ईजभीजद्वारा निर्मित वाइफाइ आईपी क्यामेरा विश्वभर अग्रणी स्थानमा रहेको छ । डिशहोम इन्टरनेट र क्यामेरा उत्पादक ईजभीजबीचको सहकार्यले शहरी तथा अर्ध-शहरी क्षेत्रमा सुरक्षा निगरानी आवश्यक पर्ने ग्राहकहरूलाई भरपर्दो र स्मार्ट सुरक्षा समाधान उपलब्ध गराउने लक्ष्य राखेको छ ।

नेपालभर उच्च ब्यान्डविथ इन्टरनेटको पहुँच विस्तार भएसँगै, नेपाली उपभोक्ताहरू पनि इन्टरनेटमा आधारित स्मार्ट उपकरणहरू प्रयोग गर्न बढी रुचि राख्न थालेका छन् । डिशहोमले आफ्ना ग्राहकहरूलाई सहज रूपमा देशभरि फैलिएको डिलर नेटवर्कमार्फत वाइफाइ आईपी क्यामेरा उपलब्ध गराउनेछ ।

यस सहकार्यले डिशहोमका प्रयोगकर्ताहरूलाई झन्झटमुक्त सुरक्षा निगरानी प्रणाली उपलब्ध गराउनेछ ।

कम्पनीका अनुसार यी सुविधाहरूले आधुनिक घरधनीहरूका लागि ईजभीजको उत्पादनलाई सुरक्षा निगरानीका लागि उत्कृष्ट समाधान बनाउनेछ ।

डिशहोम इन्टरनेटको बलियो पूर्वाधार र ईजभीजको विश्वसनीय सुरक्षा प्रविधि एकसाथ आएपछि ग्राहकहरूले आफ्नो घर तथा व्यवसायलाई अझ सुरक्षित वातावरण दिन सक्नेछन् । यस सहकार्यले डिशहोम इन्टरनेटका ग्राहकहरूलाई स्मार्ट सुरक्षाका साथ भरपर्दो सेवा प्रदान गर्न थप मद्दत गर्नेछ ।

Share News