उत्कृष्ट अभिनेताको अवार्ड जितेका आर के मेहताको संघर्ष र सफलताको यात्रा

<p>काठमाडौं । नेपालका चर्चित अभिनेता आर के मेहता, जसले चलचित्र ‘आँखा’ मार्फत उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । उनले आफ्नो संघर्ष र समर्पणको यात्रा जारी राख्दै नेपाली फिल्म उद्योगमा नयाँ उचाइ थपेका छन् । हालै काठमाडौंमा आयोजित एक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदिप खड्का, आर्यन सिग्देल र पल शाह जस्ता चर्चित कलाकारलाई पछि पार्दै मेहताले यो [&hellip;]</p>

काठमाडौं । नेपालका चर्चित अभिनेता आर के मेहता, जसले चलचित्र ‘आँखा’ मार्फत उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । उनले आफ्नो संघर्ष र समर्पणको यात्रा जारी राख्दै नेपाली फिल्म उद्योगमा नयाँ उचाइ थपेका छन् ।

हालै काठमाडौंमा आयोजित एक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदिप खड्का, आर्यन सिग्देल र पल शाह जस्ता चर्चित कलाकारलाई पछि पार्दै मेहताले यो अवार्ड जितेका थिए । ‘आँखा’ चलचित्रले यस महोत्सवमा उत्कृष्ट राष्ट्रिय फिचर चलचित्रको अवार्ड पनि प्राप्त गरेको थियो । यस चलचित्रबाट निर्देशक जौन यौंजनले उत्कृष्ट स्क्रिनराइटरको अवार्ड जितेपछि महोत्सव ‘आँखा’ मय बनेको थियो ।

आर के मेहता, विराटनगरको भट्टाचोकमा जन्मिएका, थिएटरको माध्यमबाट अभिनय क्षेत्रमा आएका थिए । उनले रंगमञ्चको अभ्यास गर्दै इटालीको ‘एकाडेमिया डेल आर्टे’मा भौतिक थिएटर अध्ययन गरेका थिए । नेपाली फिल्म ‘रंगेलीु’बाट अभिनय यात्रा सुरु गरेपछि, उनले विभिन्न नाटक र फिल्ममा काम गर्दै आफ्नो अभिनयको गहिराइ बढाएका थिए ।

उनको प्रमुख फिल्म ‘आँखा’ मा उनले १५ किलो तौल घटाएर, ६ महिना काठमाडौंको सुकुम्बासी बस्तीमा बिताएर, पात्रको वास्तविकता बुझ्न निकै कठोर मेहनत गरेका थिए । उनले आफ्नो अभिनयका लागि कडा डाइट र जीवनशैली अपनाएका थिए ।

आर के मेहता अब नेपाली सिनेमा उद्योगका लागि एक प्रेरणा बनिसकेका छन् । उनको संघर्ष, समर्पण र कडा परिश्रमले उनलाई अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाएको छ, र नेपाली चलचित्र क्षेत्रलाई नयाँ दिशा र ऊर्जा दिएको छ ।

को हुन् आर के मेहता ?

विराटनगरको भट्टाचोकमा जन्मिएका आर के मेहता ती कलाकार हुन्, जसले अभिनयलाई केवल पेशा होइन, आफ्नो जीवनको अटुट अंश बनाए । बाल्यकालदेखि नै कराँते, नृत्य, र अभिनयमा रुचि राख्ने उनले कराँतेमा ब्ल्याक बेल्ट हासिल गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाए । अभिनयप्रतिको गहिरो मोहले उनी रंगमञ्चतर्फ आकर्षित भए, जहाँ उनले विराट मैथिल नाट्य कला परिषद, विराटनगर गुरुकुल हुँदै शिल्पी थिएटरमा प्रशिक्षण लिएका थिए । शिल्पी थिएटरमा उनी दुई वर्ष होस्टल बसेर काम गरे ।

अन्तर्राष्ट्रिय अवार्डः निफको ‘उत्कृष्ट पुरुष अभिनेता’ विजेता

उनको कठोर मेहनतले रंग ल्यायो । ‘आँखा’ फिल्ममा उनको दमदार अभिनयले उनलाई नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०२५ मा उत्कृष्ट पुरुष अभिनेता को अवार्ड दिलायो । यो अवार्डले उनको संघर्षको पहिचान मात्र दिएन, नेपाली सिने उद्योगका लागि पनि एक नयाँ उचाइ थप्यो ।

Share News