डा. बरालले उपकुलपतिबाट किन राजीनामा दिनुभयो भन्ने औपचारिक जानकारी मैले पाएको छैन : मन्त्री भट्टराई

<p>काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालको राजीनामाको कारणबारे औपचारिक जानकारी प्राप्त नभएको बताएकी छन् । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री भट्टराईले सञ्चारमाध्यममार्फत मात्र राजीनामाको जानकारी प्राप्त भएको उल्लेख गरिन् । शनिबार विदा परेकाले मन्त्रालयमा [&hellip;]</p>

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालको राजीनामाको कारणबारे औपचारिक जानकारी प्राप्त नभएको बताएकी छन् ।

आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री भट्टराईले सञ्चारमाध्यममार्फत मात्र राजीनामाको जानकारी प्राप्त भएको उल्लेख गरिन् । शनिबार विदा परेकाले मन्त्रालयमा सो सम्बन्धी औपचारिक सूचना नआएको र आजसम्ममा आउने अपेक्षा रहेको उनले बताइन् ।

मन्त्री भट्टराईले भनिन्, ‘हिजो विदाको दिन भएकाले आजसम्ममा थाहा हुन्छ। त्यसपछि हामी जानकारी गराउनेछौं। समितिलाई जानकारी गराउनेछौं । जसरी यहाँहरूले मिडियामार्फत थाहा पाउनुभयो, मेरो पनि स्रोत त्यही नै हो ।’

उनले औपचारिक जानकारी प्राप्त भएपछि समितिलाई सूचित गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रा. डा. बरालले शनिबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट बिरामी भएको कारण देखाउँदै राजीनामा दिएका थिए ।

Share News