काठमाडौं । उद्योगपति विनोद चौधरी विश्वकै धनी व्यक्तिहरुको सूचिमा पुनः समावेश भएका छन् । फोब्र्स पत्रिकाले सार्वजनिक गरेको नयाँ सूचिमा चौधरी १५६७ नम्बरमा परेका छन् । चौधरीको सम्पति एक दशमलब १ बिलियन अमेरिकी डलरबाट बढेर एक दशमलब ३ बिलियन अमेरिकी डलर पुगेको हो ।

फोब्र्सले चौधरीको कुल सम्पति एक दशमलब ३१ बिलियन अमेरिकी डलर रहेको उल्लेख गरेको छ । फोब्र्सले नबिल बैंक, सिजी इलोक्ट्रोनिक्स, होटल, शिक्षा क्षेत्र, खाद्यान्न, बियर लगायतका क्षेत्रमा चौधरीको लगानी रहेको उल्लेख गरेको छ ।
त्यस बाहेक चौधरीकै वाइवाई चाउचाउ विश्वव्यापी बनेको, भारत, साउदी अरेबिया, सर्बिया र बंगलादेशमा पनि उद्योग स्थापना गरि उत्पादन गरिरहेको फोब्र्सले जनाएको छ ।