काठमाडौं । फोब्र्स पत्रिकाले संसारकै धनीहरुको नयाँ सूचि सार्वजनिक गरेको छ । फोब्र्सले सन २०१७ का लागि संसारकै धनी व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । यो सूचिमा फेरी पनि माइक्रोसफट्का मालिक बिल गेट्स एक नम्बरमै परेका छन् । ६१ बर्षिय अमेरिकी नागरिक गेट्सको सम्पति ८६ बिलियन अमेरिकी डलर पुगेको छ ।
बेर्कसायर हाथवेका मालिक अर्का अमेरिकी नागरिक वारेन बफेटको सम्पति ७५ दशमलब ६ बिलियन अमेरिकी डलर पुगेको छ । ८६ बर्षिय बफेट सेयर बजारका लगानी कर्ता हुन् ।

अर्का अमेरिकी नागरिक ५३ बर्षिय जेफ बेजोजको सम्पति ७२ दशमलब ८ बिलियन अमेरिकी डलर रहेको छ । चार नम्बरमा भने जारा कम्पनीका मालिक ८० बर्षिय स्पेनी उद्योगी इमान्सीओ ओर्गेगा परेका छन् । उनको सम्पति ७१ दशमलब ३ बिलियन अमेरिकी डलर पुगेको छ ।
फेसबुकका संस्थापक मार्क जुकरवर्ग पनि विश्वका धनाढ्यहरुको सूचिमा पाँचौ नम्बरमा परेका छन् । ३२ बर्षिय अमेरिकी नागरिक जुकरवर्गको सम्पति ५६ बिलियन अमेरिकी डलर पुगेको छ । मेक्सिकोका टेलिकम मालिक ७७ बर्षिय कार्लाेस स्लीम हेलुले ५४ दशमलब ५ बिलियन अमेरिकी डलर सम्पति जोडेर छैठौं स्थान सुरक्षित गरेका छन् ।
७२ बर्षिय अर्का अमेरिकी सफ्टवेयर कम्पनीका मालिक ल्यारी इलिसनले ५२ दशमलब २ बिलियन अमेरिकी डलरका साथ सातौं स्थान सुरक्षित गरेका छन् ।
डाइभर्सिफाइड कम्पनीका मालिक ८१ बर्षिय चाल्र्स कोचले ४८ दशमलब ३ बिलियन अमेरिकी डलर सम्पति जोडेर ८ औं स्थानमा कब्जा जमाएका छन् । अर्का अमेरिक नागरिक डेभिड कोच पनि ४८ दशमलब ३ बिलियन अमेरिकी डलर सम्पतिसहित ८ औं नम्बरमै रहेका छन् । १० नम्बरमा पनि ब्ल्युमबर्गका मालिक माइकल ब्ल्युमबर्गले ४७ दशमलब ५ बिलियन अमेरिकी डलर सम्पति जोडेर १० औं नम्बर सुरक्षित गरेका हुन् ।
विश्वका १० धनाढ्यहरुमा ८ अमेरिकी उद्योगी परेका छन भने एक स्पेनी र एक मेक्सिन नागरिक परेका छन् ।
पछिल्लो २३ बर्षको सूचिमा १८ पटक विल गेट्सले एक नम्बर धनीका रुपमा उभ्याउन सफल भएका छन् । यसपालीको सूचिमा १९५ जना नयाँ धनीहरु थपिएका छन र ति अधिकांश चिनियाँ नागरिक रहेका छन् ।
२० बर्षिय अलेक्जेण्डर एन्डर्सनले दोश्रो पटक सबै भन्दा कम उमेरका धनाढ्यका रुपमा आफ्नो नाम सुरक्षित बनाउन सकेका छिन् । उनलाई उनका बुवाले १ दशमलब २ बिलियन सम्पति हस्तान्तरण गरेका थिए । सबै भन्दा कम उमेरमा आफ्नै कमाईले धनाढ्य बन्न सफल भएका छन २६ बर्षिय जोन कोलिजन उनको सम्पति १ दशमलब १ बिलियन रहेको छ ।