
काठमाडौं । फोटोनले विश्वभर १ करोड युनिट बिक्री गर्न सफल भएको छ ।
फोटोनले आफ्नो उपस्थिति विश्वभर फैलाएको छ । यसले डिजिटल प्रविधि प्रयोग गरी व्यावसायिक सवारीसाधनको आपूर्तिमा नयाँ स्तर कायम गरिरहेको छ ।
यो उपलब्धिले फोटोनलाई व्यावसायिक सवारी साधन उद्योगमा विश्वव्यापी अग्रणी बनाएको छ ।
उच्चगुणस्तर र अत्याधुनिक प्रविधिको प्रयोगले फोटोनका ट्रक, बस तथा विशेष सवारीहरू उद्योगहरूको पहिलो रोजाइ बन्न पुगेका छन् ।
फोटोनले इन्धन दक्षता सुधार्ने आधुनिक प्रणाली कार्यान्वयन गर्दै कार्बन उत्सर्जन कम गर्ने लक्ष्य राखेको छ ।
१ करोड युनिट बिक्री र आगामी दिनहरूका लागि दृढ लक्ष्यसहित फोटोन व्यावसायिक सवारीसाधनको क्षेत्रमा विश्वव्यापी स्तरमा नयाँ उचाइ हासिल गरिरहेको छ ।
११० भन्दा बढी देशहरूमा आफ्नो बलियो उपस्थिति जनाएको फोटोनले विश्वव्यापी आर्थिक वृद्धिमा योगदान पु¥याउने यातायातको आमूल परिवर्तनलाई अघि बढाइरहेको छ ।
नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धि हो ।