क्रेटा ईभी लन्च हुँदै, कति छ मूल्य ?

<p>काठमाडौं । हुन्डाईको क्रेटा ईभी आगामी चैत्र ११ गते नेपाली बजारमा लन्च हुँदैछ । दुई महिनाअघि भारतीय बजारमा औपचारिक रूपमा यो गाडी लन्च भएको थियो । उक्त ईभी भारतमा लन्च भएलगत्तै नेपाल भित्र्याएको नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ ईभी क्रेटा नेपाल भित्रिएको आज १० दिन भएको [&hellip;]</p>

काठमाडौं । हुन्डाईको क्रेटा ईभी आगामी चैत्र ११ गते नेपाली बजारमा लन्च हुँदैछ । दुई महिनाअघि भारतीय बजारमा औपचारिक रूपमा यो गाडी लन्च भएको थियो ।

उक्त ईभी भारतमा लन्च भएलगत्तै नेपाल भित्र्याएको नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ ईभी क्रेटा नेपाल भित्रिएको आज १० दिन भएको छ ।

उक्त ईभी यही चैत्र ११ गते नेपाली बजारमा लन्च गर्ने तयारी भइरहेको कम्पनीका प्रबन्ध निर्देशक दीपक थपलियाले विकासन्यूजलाई जानकारी दिए ।

उनले भने, ‘नयाँ ईभी क्रेटा हामीले भित्र्याइसकेका छौं । अबको चार दिनपछि उक्त ईभीलाई बजारमा ल्याउँदैछौं । हामीले ग्राहकहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखेर यो नयाँ ईभी क्रेटा ल्याएका हौं । क्रेटामा ईभी र आइस दुवै रहेका छन् । यो ब्राण्डले पक्कै बजार तताउनेमा हामी ढुक्क छौं ।’

नयाँ ईभी क्रेटाको डिजाइन पेट्रोल इन्जिनसँग मिल्दोजुल्दो रहेको उनको भनाइ छ ।

कस्तो छ ब्याट्री र रेन्ज ?

हुन्डाई क्रेटा ईभीमा ४२ किलोवाट र ५१.४ किलोवाट आवरको दुई ब्याट्री रहेका छन् भने यसमा १०० किलोवाटको मोटर जडान गरिएको छ ।

ईभीमा डीसी फास्ट चार्जर प्रयोग गरी ५८ मिनेटमा १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने व्यवस्था रहेको कम्पनीले दाबी गरेको छ ।

यस्तै, हुन्डाई क्रेटा ईभीले एक पटकको फुल चार्जमा ३९० किलोमिटर र ४७३ किलोमिटर रेन्ज दिन सक्नेछ । ईभीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको जनाएको छ ।

ईभीको लम्बाइ ४ हजार ३३० एमएम, चौडाइ १ हजार ७९० एमएम र उचाइ १ हजार ६३५ एमएम छ । यसको ह्वीलबेस २ हजार ६१० एमएम छ ।

हुन्डाई क्रेटा ईभीको क्याविनमा विभिन्न लक्जरी फिचर छन् । क्रेटा ईभीमा गियर सेलेक्टर पनि स्टेरिङ कोलुममा दिएको छ । भ्वाइस एक्टिभेटेड प्यानारोमिक सनरुफ, फ्रन्टमा दिइएको चार्जिङ पोर्ट र आयोनिक–५ मा जस्तै अगाडि एक्टिभ एयर फ्ल्याप दिएको हो।

क्रेटा ईभीमा भीटुएल सुविधा पनि उपलब्ध छ। यसमा ४३३ लिटरको बुट स्पेस, सिटबेल्ट वार्निङ दिइएको छ। साथै, इको, नर्मल र स्पोर्ट तीन ड्राइभिङ मोड सुविधा छ।

यसमा १०.२५ इन्चको ड्यूल स्क्रिन, बोसको प्रिमियम साउन्ड सिस्टम, भेन्टिलेटेड र पावर फ्रन्ट सिट, लेभल २ एडास सिस्टम, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, डिजिटल की, इलेक्ट्रिक टेलगेट उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कति छ ईभीको मूल्य

उक्त ईभीको एमआरपी मूल्य नेपाली बजारमा ५६ लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । कम्पनीले बिक्रीका लागि नभई डेमोका लागि छुट्याइएको बताएको छ।

हाल लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका नेपालभरि १७ शोरुमहरू तथा १९ सर्भिस सेन्टरहरु र ४३ चार्जिङ पोइन्टहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक कम्पनी हो ।

Share News