स्ट्याण्डर्ड चार्टर्ड बैंककाे एफपीअाेमा ३८ अर्बकाे अावेदन, शुक्रबार म्याद सकियाे तर अाइतबार १० अर्ब अावेदन थपियाे

<p>काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले निष्काशन गरेको फरदर एफपिओमा ३८ अर्ब २० कराेड ९४ लाख ९३ हजार५४० रूपैयाँको आवेदन परेको छ । नेपाल धिताेपत्र बाेर्डका प्रवक्ता निरज गिरीका अनुसार २ लाख २३ हजार ३०८ वटा अावेदनबाट उक्त रकमकाे सेयर माग भएकाे हाे । गिरीका अनुसार आश्वा प्रणालीमार्फत  ८४ हजार ९१६ वटा आवेदक मार्फत २४ अर्ब [&hellip;]</p>

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले निष्काशन गरेको फरदर एफपिओमा ३८ अर्ब २० कराेड ९४ लाख ९३ हजार५४० रूपैयाँको आवेदन परेको छ । नेपाल धिताेपत्र बाेर्डका प्रवक्ता निरज गिरीका अनुसार २ लाख २३ हजार ३०८ वटा अावेदनबाट उक्त रकमकाे सेयर माग भएकाे हाे ।

गिरीका अनुसार आश्वा प्रणालीमार्फत  ८४ हजार ९१६ वटा आवेदक मार्फत २४ अर्ब ५२ करोड ८ लाख ११ हजार ६८०रुपैयाँ बराबरको आवेदन परेको छ । त्यसैगरी, नगद तथा चेक फारम मार्फत १ लाख ३८ हजार ३९२ आवेदकले १३ अर्ब ६८ करोड  ८६ लाख ८१ हजार ८६० रुपैयाँ बराबरको सेयर माग भएकाे छ । याे अार्इतबार साँझसम्म धिताेपत्र बाेर्डलार्इ प्राप्त विवरण हाे ।

शुक्रबार रातीसम्म २८ अर्ब ४९ कराेड रूपैयाँकाे अावेदन परेकाे विवरण एनएमवी क्यापिटलले दिएकाे थियाे । अाइतबार मात्र थप १० अर्ब अावेदन परेकाे विवरण बाेर्डले दिएकाे छ । यस एफपीअाेकाे अावेदन गर्ने समय शुत्रबार नै सकिएकाे थियाे । नियम अनुसार अावेदन बुझाउने अवधि सकिएकै दिन साँझ सबै विवरण बिक्री प्रबन्धक र धिताेपत्र बाेर्डलार्इ जानकारी दिनुपर्छ ।

Share News