काठमाडौं । अशोक लेलैन्ड कमर्शियल भेइकल्स्को भाइकिंग बस नेपालमा भित्रिएको छ । अशोक लेलैण्डको आधिकारिक विक्रेता एलटी ईन्टरप्राईजेजले भाइकिंग बस नेपाल भित्र्याएको हो । आईएमई गु्रपका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल र अशोक लेलैन्ड कम्पनीका उप सभापति रविकुमार पंगाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

नयाँ १८० एचपी इन्जिन, एयर सस्पेन्सन, इनलाइन एफआईपी तथा मेकानिकल गर्भनर जडान गरिएका छन् ।
भाइकिंग बसले न्यूनतम इन्धन खर्चमा उच्च प्रर्दशन गर्ने प्रतिवद्धता जनाएकोे छ । एलटी ईन्टरप्राईजेजका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैन्ड बसहरुले सधैं कुशल लागत र आरामदायी बसका रुपमा ख्याति कमाएको बताए ।
हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेल्याण्ड भारतीय उत्पादक कम्पनी हो । जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेलैण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । साथै बस उत्पादकमा विश्वको सोह्रौँ ठूलो कम्पनी हो । कम्पनीको भारतमा ७ ओटा कारखाना छन् र साथै खाडी मुलुक, केन्या र बंगलादेशमा पनि कारखाना छन् । अशोक लेलैण्ड स्पेयर पुर्जाहरु र औद्योगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्ने कम्पनी हो ।
अशोक लेलैण्ड यात्री परिवहनको १८ सिट देखि ८० सिट सम्मका विभिन्न सवारी साधन उत्पादन गर्दै आइरहेको छ ।
नेपालमा कम्प्नीका ट्रक/टिप्पर, बस, लाइट कमर्सिअल गाडीहरु, डिफेन्स प्रयोजनका स्पेशल गाडीहरु बिक्रि भैरहेका छन् ।