काठमाडौं । दक्षिण कोरियाली कम्पनी इभरडाइमले एफजि इन्कर्पोेरेटिड प्रालीलाई नेपालका लागि आधिकारीक बिक्रेता नियुक्त गरेको छ । यस अघि फोर्स ग्रुपले नेपालमा इभरडाइमका हेभी इक्युपमेन्ट आयात गर्दै आएको थियो ।
नेपालमा इभरडाइमको बजार राम्रो देखेसँगै फोर्स ग्रुपले एफजी इन्कर्पोेरेटिड प्राली नामको भगीनी कम्पनी खोलेर आधिकारीक बिक्रेता बनेको हो ।

करिब पाँच बर्ष अघिदेखि नै इभरडाइमका हेभी इक्युपमेन्ट नेपाली बजारमा थिए । हालसम्म इभरडाइमका ७५ थान भन्दा बढि हेभिइक्युपमेन्ट नेपाली उपभोक्तासम्म पुगिसकेको फोर्स ग्रुपका अध्यक्ष केदार लामिछानेले बताए ।
कम्पनीले ९ वटा सेवा सञ्जाल मार्फत इभरडाइमका हेभी इक्युपमेन्ट बेच्ने जानकारी दिएको छ । साथै २५ जना इञ्जिनियरहरुले मर्मतको सेवा प्रदान गर्नेछन् ।
फोर्स ग्रुपका निर्देशक विपिन लामिछानेले हेभी इक्युपमेन्टका साथमा पार्ट पुर्जाको आयात र व्यवस्थापनमा बिशेष ध्यान दिने बताए । इक्युपमेन्ट बेच्ने धेरै कम्पनीले पार्टपुर्जा सहज रुपमा उपलब्ध गराउन नसकेको आरोप लाग्ने गरेको तर आफ्नो कम्पनीले भने समयमै आवश्यक पार्ट पुर्जा उपलब्ध गराउने उनले जानकारी दिए ।
इभरडाइमका रक ब्रेकर, एट्याचमेन्ट, फायर फाइटिङ भेइकल, टावर क्रेन, बुम पम्प, ह्यामर ड्रिल जस्ता उत्पादन संसारका ८० भन्दा बढि मुलुकमा उपयोग भैरहेका छन् । दक्षिण कोरियामा हेभी इक्युपमेन्टको सबै भन्दा ठुलो बजार हिस्सा इभरडाइमले ओगटेको लामिछानेले बताएका थिए ।