
काठमाडौं । गोकर्णेश्वर नगरपालिका र भक्तपुर क्यान्सर अस्पताल भक्तपुरबीच द्विपक्षीय सम्झौता भएको छ । सोमबार नगरपालिका र अस्पतालबीच स्वास्थ्य जाँच, उपचार गर्ने, गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो ।
सम्झौतापत्रमा गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाल र अस्पतालका कार्यकारी निर्देशक डाउज्ज्वल चालिसेले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अब गोकर्णेश्वरका स्थायी रूपमा बसोवास गरेका नागरिकले भक्तपुर अस्पतालमा उपचार गराउँदा विभिन्न छुट तथा सुविधा पाउने भएका छन् । अब एक वर्षमा १ लाख बराबरको उपचारमा बिरामीले ३५ प्रतिशत मात्र शुल्क तिरे पुग्छ ।
सम्झौताअनुसार अस्पतालले उपचारको कुल खर्चमा १५ प्रतिशत प्रतिशत र साथै सिटीस्क्यान, मेमोग्राफी सेवामा ३० प्रतिशत छुट प्रदान हुने नगरपालिकाले जनाएको छ ।
सो अवसरमा नगर उपप्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, अस्पतालका प्रशासन प्रमुख राजाराम तजले, गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।