आईओइमा अध्ययनरत प्रजेशले पाए श्री शङ्करलाल अग्रवाल गोल्डमेडल

<p>काठमाण्डौं । इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई), थापाथली क्याम्पसमा अध्ययनरत प्रजेश श्रेष्ठले श्री शङ्करलाल अग्रवाल गोल्ड मेडल प्राप्त गरेका छन् । आईओइले आफ्नो ५९ औँ वार्षिक समारोहका शुभ अवसरमा प्रजेशलाई गोल्ड मेडल प्रदान गरिएको हो । श्रेष्ठले २०८१ सालको त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ सङ्कायको परीक्षामा इन्जिनियरिङ संस्थान, थापाथली क्याम्पसको स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याएका थिए । प्रजेश [&hellip;]</p>

काठमाण्डौं । इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई), थापाथली क्याम्पसमा अध्ययनरत प्रजेश श्रेष्ठले श्री शङ्करलाल अग्रवाल गोल्ड मेडल प्राप्त गरेका छन् ।

आईओइले आफ्नो ५९ औँ वार्षिक समारोहका शुभ अवसरमा प्रजेशलाई गोल्ड मेडल प्रदान गरिएको हो ।

श्रेष्ठले २०८१ सालको त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ सङ्कायको परीक्षामा इन्जिनियरिङ संस्थान, थापाथली क्याम्पसको स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याएका थिए ।

प्रजेश लाई गोल्ड मेडलसँगै ५१ हजार रुपैयाँ नगद दिएर सम्मान गरिएको पुरस्कारका साथ सम्मानित गरिएको हो । इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई), थापाथली क्याम्पसले आफ्नो ५९औँ वार्षिक समारोह बुधबार समापन भएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शङ्कर ग्रुपको भगिनी संस्था जगदम्बा स्टिलको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा डीन प्रा. डा.सुशील बहादुर बज्राचार्य प्रमुख अतिथि रहेको समारोहमा विशेष अतिथिका रुपमा शंकर ग्रुपका निर्देशक –संचालन तथा मार्केटिङ रवि प्रकाश इन्स्टिच्युट अफ इन्जिनियरिङ, थापाथली क्याम्पसका क्याम्पस प्रमुख डा। खेम ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

Share News