
काठमाडौं । रोयल इनफिल्ड नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिद्वारा आयोजित पहिलो संस्करणको ‘मेगा सर्भिस क्याम्प २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त क्याम्प रोयल इनफिल्डको सर्भिस सेन्टर ललितपुरको बालकुमारीमा मार्च ७ देखि मार्च ९ (फागुन २३–२५) सम्म आयोजना गरिएको थियो ।
कार्यक्रमको औपचारिक उद्घाटन अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले गरेका थिए ।
तीन दिनसम्म सञ्चालन भएको यो क्याम्प रोयल इनफिल्ड राइडर एवं ग्राहक महानुभावहरूका लागि विशेष सेवा अफर, हेल्मेट सेफ्टीका बारेमा जानकारी, विशेषज्ञहरूसँग अन्तरक्रिया र मनोरञ्जनात्मक गतिविधिहरूसहित आयोजना गरिएको थियो ।
यस क्याम्पमा ग्राहकहरूका लागि विभिन्न विशेष सर्भिस अफरहरू उपलब्ध गराइएको थियो । साथै तथा स्पेयर पाट्र्स, लुब्रिकेन्ट र श्रम शुल्कमा १० प्रतिशत छुटको पनि व्यवस्था गरिएको थियो ।
यस क्याम्पमा झण्डै २ हजार जना सहभागी भएका थिए भने ५०० भन्दा बढी बाइकहरूको सर्भिसिङ गरिएको थियो ।
अल्फा अटोमोटिभ प्रालिका निर्देशक पौडेलले भने यस्ता कार्यक्रमले ग्राहक र कम्पनीबीचको सम्बन्ध अझ मजबुत बनाउने बताए ।
कम्पनीले प्रत्येक वर्ष नेपालभरि नै मेगा सर्भिस क्याम्प आयोजना गर्ने घोषणा पनि गरेको छ ।