काठमाडौं । यामाहा नेपालले अनरोड र अफरोड एड्भेन्चरका लागि डिजाइन गरिएको बहुप्रतीक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल ‘यामाहा डब्लूआर १५५आर’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ । धुलिखेलको डर्ट टेम्पलमा आयोजित उत्साहले भरिपूर्ण लन्च कार्यक्रमले एड्भेन्चरका उत्साही र यामाहा ग्राहकहरूलाई विशेष डर्ट ट्र्याक एक्सपिरियन्स दिलाएको थियो ।
कार्यक्रमकै दौरान यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले डब्लूआर १५५आरका ग्राहकहरूलाई एकमुस्ट साँचो हस्तान्तरण गरे ।
राइडरहरूको अनुभवलाई अझ बढाउन यामाहाले सबै सहभागीहरूलाई आवश्यक अफ-रोड सवारी प्रविधिहरूसँग सुसज्जित गर्दै डर्ट राइडिङ तालिम पनि प्रदान गर्यो । तालिमपछि राइडरहरूले ओपन डर्ट ट्र्याकमा डब्लूआर १५५आरको क्षमताको पूर्ण अनुभव लिँदै रियल वर्ल्ड कन्डिसनमा आफ्नो सीप परीक्षण गर्ने अवसरसमेत पाएका थिए ।