टेस्लाले टेक्सासमा नयाँ मेगाफ्याक्ट्री निर्माण गर्ने

<p>काठमाडौं । अमेरिकाको विद्युतीय सवारीसाधन (ईभी) निर्माता टेस्लाले ह्युस्टन नजिकै एउटा नयाँ मेगाफ्याक्ट्री निर्माण गर्ने भएको छ । उक्त फ्याक्ट्रीले ब्याट्री भण्डारण सुविधा सञ्चालन गर्ने इलेक्ट्रेकले जनाएको छ । रिपोर्ट अनुसार टेस्लाले टेक्सासको केटी सहर नजिकै १० लाख वर्गफुटभन्दा ठूलो भवनमा आफ्नो मेगाप्याक ऊर्जा उत्पादन निर्माण र व्यवस्थापन गर्नेछ । टेक्सासको वालर काउन्टीसँगको कर छुट [&hellip;]</p>

काठमाडौं । अमेरिकाको विद्युतीय सवारीसाधन (ईभी) निर्माता टेस्लाले ह्युस्टन नजिकै एउटा नयाँ मेगाफ्याक्ट्री निर्माण गर्ने भएको छ । उक्त फ्याक्ट्रीले ब्याट्री भण्डारण सुविधा सञ्चालन गर्ने इलेक्ट्रेकले जनाएको छ ।

रिपोर्ट अनुसार टेस्लाले टेक्सासको केटी सहर नजिकै १० लाख वर्गफुटभन्दा ठूलो भवनमा आफ्नो मेगाप्याक ऊर्जा उत्पादन निर्माण र व्यवस्थापन गर्नेछ ।

टेक्सासको वालर काउन्टीसँगको कर छुट सम्झौताका अनुसार टेस्लाले सम्पत्तिमा गरिने सुधारका आधारमा काउन्टीबाट कर छुट प्राप्त गर्नेछ, जसमा सुविधा सुधारका लागि ४४ मिलियन डलर र टेस्लाको उत्पादन उपकरणका लागि १५० मिलियन डलर समावेश छन् ।

टेस्लाको मुख्य आम्दानी यसको विद्युतीय सवारी व्यवसायबाट हुने गरे पनि सीईओ एलन मस्कले सौर्य ऊर्जा र ब्याट्री व्यवसाय विस्तार गर्न काम गरिरहेका छन् ।

टेस्लासँग चीनमा यस्तै एउटा गिगाफ्याक्ट्री रहेको छ, जहाँ गत वर्षको अन्त्यतिर उत्पादन परीक्षण सुरु गरिएको थियो । उक्त प्लान्टले टेस्लालाई चीनको आपूर्ति शृङ्खला र लिथियम-आयन ब्याट्री उत्पादन लागत घटाउने फाइदा दिलाउनेछ ।

टेक्सासमा बन्ने नयाँ कारखानाले करिब १ हजार ५०० रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

Share News