
काठमाडौं । लिपमोटर टीओथ्री नेपालमा आधिकारिक रूपमा सार्वजनिक भएको छ।
साङ्ग्रिला मोटर्स प्रालिले मंगलबार एक विशेष समारोहको आयोजना गर्दै लिपमोटर टीओथ्री सार्वजनिक गरेको हो ।
समारोहमा बोल्दै साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले कम्पनीको नेपालमा नवीनतम् र दिगो विश्वस्तरिय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिन पाइएकोमा खुसी व्यक्त गरे ।
लिपमोटर टीओथ्रीमा ३७.३ किलोवाट हर्स ब्याट्री रहेको छ जसले डब्ल्यूएलटीपी रेन्ज कम्बाइन्ड साइकलमा २६५ किमी र अर्बन साकलमा ३९५ किमी रेन्ज प्रदान गर्छ ।

यसमा लेभल २ एडभान्स्ड लीप पाइलट ड्राइभर एक्टिभ सेफ्टी असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ । यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेकाे छ ।
नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लिपमोटर तथा सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलले कार्यक्रमलाई सम्बोधन गरेका थिए।

साङ्ग्रिला मोटर्स प्रालि सन् २०१७ देखि प्यूजोको एकमात्र आधिकारिक आयातकर्ता र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको छ ।
नेपालमा दिगो सवारीका लागि नयाँ मापदण्ड तय गर्दै नयाँ पुस्तामा विद्युतीय सवारीसाधनहरू उपलब्ध गराएर अटोमोटिभ ल्यान्डस्केपलाई नयाँ आकार दिन समर्पित भएको सांग्रिला मोटर्सले जनाएको छ ।
साङ्ग्रिला मोटर्स प्रालि गोल्छा अर्गनाइजेसनको सदस्य हो ।
