कागेश्वरी मनोहरामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना

<p>काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना गरिएको छ । आइतबार एक विशेष कार्यक्रमका बीच नगरप्रमुख उपेन्द्र कार्कीले केन्द्रको उद्घाटन गरेका हुन् । नगरप्रमुख कार्कीले स्थानीय स्तरमा धेरै कामहरू भइरहे पनि शिक्षा र स्वास्थ्य जहिल्यै आशाको स्रोत बन्ने बताउँदै वृत्ति मार्गनिर्देशन सेवा एक नयाँ अभ्यास भएको बताए । स्वीस सरकारद्वारा युवाहरूलाई सक्षम [&hellip;]</p>

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना गरिएको छ । आइतबार एक विशेष कार्यक्रमका बीच नगरप्रमुख उपेन्द्र कार्कीले केन्द्रको उद्घाटन गरेका हुन् ।

नगरप्रमुख कार्कीले स्थानीय स्तरमा धेरै कामहरू भइरहे पनि शिक्षा र स्वास्थ्य जहिल्यै आशाको स्रोत बन्ने बताउँदै वृत्ति मार्गनिर्देशन सेवा एक नयाँ अभ्यास भएको बताए । स्वीस सरकारद्वारा युवाहरूलाई सक्षम बनाउन अपनाइएको प्रभावकारी विधि भएको उनको दाबी छ । नयाँ अभ्यास भएकाले व्यवस्थित रूपमा अगाडि बढाउन उनले बताए ।

यस परियोजनाले व्यवस्थित तरिकामा काम गर्न मद्दत गर्ने र यसमा शिक्षकहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको नगरप्रमुख उपेन्द्र कार्कीले बताए । आवश्यक तालिम प्रदान गरिसकेको र यस परियोजनाको सफलतामा शिक्षकहरूको योगदानलाई मूल्याङ्कन गरिने उनले बताए ।

यस केन्द्रमार्फत नगरभित्रका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू तथा अन्य युवाहरूलाई व्यक्तिगत तथा सामूहिक परामर्श प्रदान गरिनेछ । नगरप्रमुख कार्कीका अनुसार सहज रूपमा शिक्षा प्राप्त गरे पनि करिअर विकास भने कठिन भइरहेको बेला वृत्ति मार्गनिर्देशन सेवा अन्धकारमा उज्यालो किरणसरह प्रभावकारी साबित हुनसक्छ । युवाहरूलाई सही दिशा दिन, उपयुक्त रोजगारीको अवसर पहिचान गर्न तथा उनीहरूको व्यावसायिक र व्यक्तिगत विकासमा सहयोग पु¥याउन यो सेवा महत्वपूर्ण हुने विश्वास उनले व्यक्त गरे ।

यस सेवा केन्द्रबाट मनोविज्ञानमा दक्ष परामर्शदाता तथा वृत्ति मार्गनिर्देशन सहजकर्ताहरूले युवाहरूलाई आवश्यक परामर्श प्रदान गर्नेछन् । साथै, डिजिटल प्लेटफर्ममार्फत योग्यता परीक्षण गरी उनीहरूको रुचि, क्षमता तथा श्रम बजारको मागका आधारमा सम्भावित वृत्ति मार्ग पहिचान गरिनेछ ।

कार्यक्रममा नगरपालिका अन्तर्गतका विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको पनि उपस्थिति रहेको थियो । शिक्षालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई वृत्ति मार्गनिर्देशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पुस्प ढकालका अनुसार नेपालमा अझै पनि विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना बलियो रहेको र त्यसका कारण सही वृत्ति मार्ग पहिचान गर्न कठिनाइ हुने भएकाले वृत्ति मार्गनिर्देशन सेवा अत्यन्त लाभदायक हुनसक्ने बताए । प्रयोगात्मक ज्ञान अझै महत्वपूर्ण हुने बताउँदै डिजिटलीकरण कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता जनाए ।

नगरपालिकाले शिक्षालाई गुणस्तरीय बनाउन तथा युवाहरूलाई रोजगारीमुखी बनाउन यस्तो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । साथै, यसलाई सही मार्गमा कसरी अघि बढाउने भन्ने विषयमा निरन्तर गहिरो अध्ययन र विश्लेषण गर्दै आएको बताएको छ । नगरपालिकाले तथ्यांकमा आधारित निर्णय प्रक्रिया अपनाउँदै डिजिटल प्रविधिको सहायताले युवा लक्षित कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने योजना बनाइरहेको छ ।

Share News