जन्मदर्ता गर्दा ५ हजार रुपैयाँ जम्मा गरिदिने, १८ वर्षपछि मात्रै निकाल्न मिल्ने

<p>काठमाडौं । जन्मदर्ता प्रोत्साहन गर्न स्याङ्जाको भिरकोट नगरपालिका-८ ले बच्चा जन्मेपछि खाता खोलेर ५ हजार रुपैयाँ जम्मा गरिदिने अभियान थालेको छ । वडा कार्यालयले चालु आर्थिक वर्षदेखि अभियान थालेको हो । बच्चा जन्मेपछि ८ नं वडा कार्यालयमा जन्मदर्ता गर्ने सबै नवजात शिशुहरुका लागि लागू हुने गरी वडा कार्यालयले पाँच हजार र अभिभावकले ५ हजार रुपैयाँ [&hellip;]</p>

काठमाडौं । जन्मदर्ता प्रोत्साहन गर्न स्याङ्जाको भिरकोट नगरपालिका-८ ले बच्चा जन्मेपछि खाता खोलेर ५ हजार रुपैयाँ जम्मा गरिदिने अभियान थालेको छ । वडा कार्यालयले चालु आर्थिक वर्षदेखि अभियान थालेको हो ।

बच्चा जन्मेपछि ८ नं वडा कार्यालयमा जन्मदर्ता गर्ने सबै नवजात शिशुहरुका लागि लागू हुने गरी वडा कार्यालयले पाँच हजार र अभिभावकले ५ हजार रुपैयाँ गरी कुल १० हजार खातामा जम्मा गरिदिने वडा अध्यक्ष नन्दलाल खनालले बताए ।

शिशुको खातामा जम्मा भएको रकम बच्चाको उमेर १८ वर्ष पूरा भएपछि मात्र अभिभावकले परिवारले निकाल्न पाउने व्यवस्था गरिएको उनले बताए ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म वडा कार्यालयमा ३१ जना बालबालिकाको जन्मदर्ता भएको छ । खाता खोल्ने अभियानसँगसँगै वडा कार्यालयले भालेसहित सुत्केरी भेटघाट, न्यानो भोटो वितरणजस्तालाई निरन्तरता दिएको छ ।

‘सुनौला हजार दिनका आमा र शिशुको स्वास्थ्य तथा पोषणमा ध्यान दिँदै वडाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु घर-घरमा पुग्छौँ । स्वास्थ्यसम्बन्धी परामर्श पनि दिने गरेका छौँ,’ उनले भने ।

Share News