काठमाडौं । ललितपुर धोबिघाटस्थित डिएभी अन्तर्राष्ट्रिय कलेजको आयोजनामा संचालित प्रथम डिएभी फ्रेन्डली फुटसल टुर्नामेन्ट कलेज परिसरमा फागुन १० गतेसम्पन्न भएको छ ।
टुर्नामेन्टमा काठमाडौं उपत्यकाका ४ बिएससी सिएसआइटी कलेजका विद्यार्थी समूह सहभागी रहेका थिए । प्रथम डिएभी फ्रेन्डली फुटसल टुर्नामेन्टमा सहभागी महर्षि कलेज, शिक्षालय कलेज र आयोजक डिएभी अन्तर्राष्ट्रिय कलेजलाई पछि पार्दै हिमालय कलेजले प्रथम फ्रेन्डली टुर्नामेन्टको ट्रफी पाएका थिए ।
पुरस्कार वितरण समारोहमा सहभागी कलेजका सम्पूर्ण खेलाडीहरुको प्रतिभा र रुचिलाई कदर गर्दै प्रमाणपत्रद्वारा समेत सम्मान गरिएको थियो ।
डिएभी बिएससी सिएसआइटीका प्रमुख शशिभुषण चत्तुर्बेदीका अनुसार टुर्नामेन्टको मुख्य उद्देश्य सिएसआइटी कलेजहरुबीच मित्रता र सहकार्य प्रर्वद्धन गर्नु रहेको थियो ।
कलेजले जारी गरेको बिज्ञप्ति अनुसार यस फुटसल प्रतियोगितालाई निरन्तरता दिँदै आगामी वर्षहरुमा काठमाडौं उपत्यकाका सम्पूर्ण बिएससी सीएसआइटी कलेजहरूलाई समेट्ने योजना रहेको छ ।