
काठमाडौं । दुईपाँग्रे सवारीसाधन ब्रान्ड टीभीएसको नयाँ शोरुम जनकपुरमा खुलेको छ । अत्याधुनिक सुविधा सम्पन्न यो शोरुम आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुने जनाइएको छ ।
उद्घाटन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री सतिशकुमार सिंह, जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता, आर्यन अटोमोबाइल्सका प्रबन्ध निर्देशक राम बालक महतो लगायतको उपस्थिति रहेको थियो ।
ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्न आफ्नो विशेष ध्यान केन्द्रित रहेको जनकपुरको नयाँ टीभीएस डिलरशिपले मोटरसाइकल र स्कुटरहरूको विस्तृत रेन्ज, बिक्री पछिको भरपर्दो सेवा तथा सहज खरिद प्रक्रिया प्रदान गर्ने जनाएको छ ।
टीभीएस ब्रान्ड नेपालका दुईपाँग्रे सवारीसाधनको बजारमा अग्रणी स्थानमा रहँदै आएको छ ।