चिनियाँ कम्पनी सीएटीएलले फक्सवागनसँग ब्याट्री अनुसन्धान तथा विकासमा सहयोग गर्ने

<p>काठमाडौं । चिनियाँ इलेक्ट्रिक सवारीसाधन (ईभी) ब्याट्री कम्पनी सीएटीएलले फक्सवागनसँग ब्याट्री अनुसन्धान तथा विकास, नयाँ सामग्रीको प्रयोग र कम्पोनेन्ट विकासमा सहकार्य गहिराउन रणनीतिक सहकार्य सम्झौता गरेको छ । कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो । फक्सवागन चाइनाले सस्तो लागतमा प्रतिस्पर्धी ब्याट्री उत्पादनहरू विकास गर्नुका साथै ब्याट्री रिसाइक्लिङ र स्व्यापिङ जस्ता क्षेत्रमा सीएटीएलसँग मिलेर [&hellip;]</p>

काठमाडौं । चिनियाँ इलेक्ट्रिक सवारीसाधन (ईभी) ब्याट्री कम्पनी सीएटीएलले फक्सवागनसँग ब्याट्री अनुसन्धान तथा विकास, नयाँ सामग्रीको प्रयोग र कम्पोनेन्ट विकासमा सहकार्य गहिराउन रणनीतिक सहकार्य सम्झौता गरेको छ ।

कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

फक्सवागन चाइनाले सस्तो लागतमा प्रतिस्पर्धी ब्याट्री उत्पादनहरू विकास गर्नुका साथै ब्याट्री रिसाइक्लिङ र स्व्यापिङ जस्ता क्षेत्रमा सीएटीएलसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Share News