वायुसेवा निगमको एयर वसमा समस्याः लुम्बिनीमा चरा ठोक्कियो, सगरमाथाबाट तेल पोखियो

<p>काठमाडौं । नेपाल वायुसेवा निगमको दुईवटा न्यारोवडी जहाज ए ३२०-२०० सिरिजको एयरवेको एकपछि अर्कोमा समस्या देखिएको छ । निगमको लुम्बिनी नामक एयरवसमा एक साता अगाडि चरा ठोक्किएर ग्राउण्डेड भएको जहाज मंगलबार रातीदेखि उडानमा आएको छ । यो जहाज उडानमा आउँन नपाउँदै निगमको अर्को जहाज सगरमाथामा पनि समस्या आएको छ । पूर्ण क्षमतामा यात्रु बोकेर निगमको [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगमको दुईवटा न्यारोवडी जहाज ए ३२०-२०० सिरिजको एयरवेको एकपछि अर्कोमा समस्या देखिएको छ ।

निगमको लुम्बिनी नामक एयरवसमा एक साता अगाडि चरा ठोक्किएर ग्राउण्डेड भएको जहाज मंगलबार रातीदेखि उडानमा आएको छ । यो जहाज उडानमा आउँन नपाउँदै निगमको अर्को जहाज सगरमाथामा पनि समस्या आएको छ ।

पूर्ण क्षमतामा यात्रु बोकेर निगमको जहाज मंगलबार ७ बजे काठमाडौंबाट यूएईको दुवाई जाने तयारीमा रहेको जहाज धानवमार्गमा पुगेपछि रोकिएको छ । यो जहाजले उडान गर्नै लाग्दा एक्कासी इन्धन पोखिएपछि यसको उडान रद्ध भएको हो ।

निगम स्रोतले दिएको जानकारी अनुसार ९ एनए एके डब्ल्यु कल साइनको सगरमाथा नामक एयवसले धावनमार्गमा पुगेपछि प्रविधिक गढवढी भयो । निगमका अनुसार जहाज टेक्निकल भएका कारण उडान रद्द गरिएको हो ।

विमानस्थल स्रोतले दिएको जानकारी अनुसार निगमको जहाजले मंगलबार बेलुका सात बजे उडान गर्नै लाग्दा ६ हजार लिटर इन्धन एक्कसी पोखिएको छ ।

बिमानस्थलमा थन्किएकाे निगमकाे एयरवस

जहाजबाट इन्धन पोखिएर धावनमार्गमा पानी पोखेजस्तै भयो । त्यसपछि निगमले प्राविधिक समस्या आएकोले मर्मतका लागि भन्दै जहाज ग्राउण्डेड गरेको (थन्काएको) छ ।

जहाजमा यात्रु राखेर पार्किक वेबाट अगाडि गैसकेको भएपनि उडान उडान गर्न नसक्दै भन्दै रद्द गरेको अन्तार्राष्ट्रि विमानस्थलको टीडीओले जानकारी दिएको छ । विमानस्थल कार्यालयले तत्कालै निरीक्षण गरेर अनुसन्धान गर्न निर्देशक दिएको पनि उल्लेख छ ।

निगमको अर्को जहाज लुम्बिनीमा भने एक सता अगाडि नै अवतरणका क्रममा चरा ठोक्किएको थियो । चरा ठोक्किएर जहाजको पछाडिको फ्लापमा क्षति भएको थियो । चरा ठोक्किएको याे जहाजमा कुनै ठुलाे क्षती नभएकाे उल्लेख छ । अवतरणाका गर्ने बेलामा चरासँग ठाेकिएकाे भएकाेले पनी मानवीय क्षती हुनबाट निगम जाेगिएकाे विमानस्थलकाे भनाइ छ ।

फ्लाप नयाँ फेरेर लुम्बिनी नामक एयरवसले उडान गर्यो फेरि अर्को जहाजमा समस्या आएर थान्किएको निगम स्रोतको भनाइ छ । चरा ठोक्किएको जहाज आवश्यक मर्मत पछि मंगलबार बेलुका हङकङ उडान गरेको छ ।

वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका तीन वटा जहाजमध्ये २ वटा एयरवस र एउटा बोइङ ७५७ रहेको छ । बोइङले भने नियमति उडान गरिरहेको छ । तेल पोखिएको जहाजमा आएको समस्या के हो भन्ने वारेमा निगमले अनुसान्धान थालेको छ ।

निगमले यो जहाज मर्मतका लागि पनि एयवसकै प्राविधिकको परामर्श लिने भएको छ । जहाज निर्माता कम्पनीसँगको परामर्श र उनकै प्राविधिक टोलिसँगको आवश्यक सहकार्यबाट मात्रै जहाज मर्मत गरेर उडान हुने उल्लेख छ ।

Share News