काठमाडौं । नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५ आउँदो २०८१ चैत्र १४ देखि १७ सम्म पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ। यसका लागि वाडाले आजदेखि बुकिङ्ग प्रक्रिया खुल्ला गरेको छ ।
पोखरामा पहिलो पटक आयोजना हुन लागेको यस अटो शोको तयारीका लागि नाडाले काठमाडौंमा वाडा अटोमोबाइल डिलर्स एशोसिएशन (वाडा) का पदाधिकारी र सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । प्रदर्शनीमा २ पाङग्रे, ३ पाङग्रे, ४ पाङग्रे, लाइट कमर्शियल, हेभि कमर्शियल, मेसिनरी इक्युप्मेन्ट्स, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स र ग्यारेज उपकरणहरुको प्रदर्शनी हुनेछ ।
वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले यस शोले सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी र उपभोक्तालाई नविनतम् प्रविधिको साक्षात्कार गराउने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । यसैक्रममा नाडाले अन्य प्रमुख सहरहरूमा पनि अटो प्रदर्शनीको आयोजना गर्ने योजना बनाएको छ ।