डिजिटल भुक्तानीमा पहिलो मर्जर, खल्ती र आइएमई पेले गरे सम्झौता

<p>काठमाडौं । डिजिटल भुक्तानीसेवा प्रदायक कम्पनीहरू पनि मर्जरमा जाने भएका छन् । भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती प्रालि (खल्ती) र आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) मर्जरमा जाने भएका हुन् । खल्ती र आइएमई पेबीच हुने मर्जर प्रक्रिया भुक्तानी सेवा प्रदायकहरूमै पहिलो हो । खल्ती र आइएमई पे मर्जरमा जानका लागि आइतबार प्रारम्भिक सम्झौता भएको [&hellip;]</p>

काठमाडौं । डिजिटल भुक्तानीसेवा प्रदायक कम्पनीहरू पनि मर्जरमा जाने भएका छन् । भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती प्रालि (खल्ती) र आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) मर्जरमा जाने भएका हुन् ।

खल्ती र आइएमई पेबीच हुने मर्जर प्रक्रिया भुक्तानी सेवा प्रदायकहरूमै पहिलो हो । खल्ती र आइएमई पे मर्जरमा जानका लागि आइतबार प्रारम्भिक सम्झौता भएको हो । मर्जरपछि बन्ने कम्पनीको नाम आइएमई खल्ती रहेनछ ।

हाल खल्तीको चुक्ता पुँजी ५ करोड रुपैयाँ रहेको छ भने आइएमई पे को चुक्ता पुँजी ३० करोड रुपैयाँ छ । साथै मर्जरको प्रारम्भिक सम्झौता स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाइएको छ ।

आइएमई पेले विसं २०७४ असार ५ गते इजाजतपत्र (लाइसेन्स) पाएको थियो भने खल्तीले विसं २०७६ बैशाख २ गते पाएको हो । आइएमई पेमा आइएमई ग्रुपको लगानी छ भने खल्तीमा अमित अग्रवाल, ध्रुव अधिकारी, अरविन्द शाह र मनिष मोदीसहित अन्य ३ जनाको लगानी रहेको छ ।

मर्जरका माध्यबाट थोरै कम्पनी बनाएर सेवालाई गुणस्तरीय दिन मर्जर गराउन चाहेको नेपाल राष्यट्र बैंकका सहयाक सूचना अधिकारी डा. भागवत आचार्यले बताए । मर्जरमा लाने र थोरै कम्पनीले गुणस्तरीय सेवा दिने राष्ट्र बैंकको नीति रहेको उनको भनाइ छ ।

हाल नेपालमा २६ वटा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी सञ्चालनमा रहेका छन् ।  हाल सञ्चालनमा रहेका डिजिटल भुक्तानी वालेट कम्पनीहरूमध्ये खल्तीले २५ प्रतिशत र आइएमई पेले १५ प्रतिशत बजार हिस्सा ओगटेको बताइन्छ ।  हाल सञ्चालनमा रहेका डिजिटल भुक्तानी वालेट कम्पनीहरूमध्ये ईसेवा बाहेक अन्य सबै वालेट कम्पनीहरु घाटामा सञ्चालन छन् ।

Share News