काठमाडौं । नियामक निकायहरुको निर्देशन अवज्ञा गर्दै नेपाल दूरसञ्चार कम्पनी, यसको निश्काशन तथा बिक्री प्रबन्धक एनएमबी बैंक तथा यस बैंकको सहायक कम्पनी एनएमबी क्यापिटलले दूरसञ्चार कम्पनीको नगद लाभांश बुझ्न सेयर प्रमाणापत्रकाे पूर्जी लिएर लिएर आफै उपस्थिति हुन उर्दी जारी गरेको छ ।

नेपाल धितोपत्र बोर्डले एक वर्षअघि नै सूचिकृत कम्पनीहरु सबैले सेयरधनीलाई दिने लाभांश सेयरधनीको खातामा जम्मा गर्न निर्देशन दिएको थियो । नेपाल धितोपत्र बोर्ड नेपाल स्टक एक्स्चेञ्ज कम्पनीमा सूचिकृत सबै कम्पनीहरुको नियामक निकाय हो । नियामक निकायको निर्देशनको उल्लंघन आफ्नो सुविधा अनुसार कम्पनीहरुले काम गरेको छन् ।
उनीहरुले विकसित प्रविधिको प्रयोग गर्नुको साटो सयौं वर्ष पुरानो उर्दी मोडलमा सूचना जारी गरे लाभांश दिन आउन लगानीकर्तालाई आदेश दिएका छन् ।
