कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख ११ गतेदेखि

<p>काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक गरेको छ । शुक्रबार सूचना जारी गरेर बोर्डले परीक्षातालिका सार्वजनिक गरेको हो । तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ ।  बोर्डले साधारण र परम्परागत धार तर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरको सुरूका दुई अंक ७८, ७९, ८०, [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक गरेको छ । शुक्रबार सूचना जारी गरेर बोर्डले परीक्षातालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ ।

 बोर्डले साधारण र परम्परागत धार तर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरको सुरूका दुई अंक ७८, ७९, ८०, र ८१ हुने परीक्षार्थी) एवम् प्राविधिक धार तर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरको सुरूका दुई अंक ७९,८० र ८१ हुने) विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन् ।

परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ ।

Share News