रिलायन्स इन्टरनेशनल एकेडेमीले ‘विज्ञान प्रदर्शनी तथा साहित्य मेला’ आयोजना गर्दै

<p>काठमाडौं । रिलायन्स इन्टरनेशनल एकेडेमीले &#8216;विज्ञान प्रदर्शनी तथा साहित्य मेला&#8217; आयोजना गर्ने भएको छ । फागुन १ गते बिहीबारदेखि सुरु हुने साहित्य मेला ३ गतेसम्म चाबहिलस्थित कलेजको प्राङ्गणमा गरिने कलेजले जनाएको छ । रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत रहेको यस संस्थाले पत्रकार सम्मेलन गर्दै बिहीबारदेखि विज्ञान प्रदर्शनी तथा साहित्य मेला गर्ने तयारी गरेको जनाएको हो । विद्यार्थीहरूमा विज्ञान [&hellip;]</p>

काठमाडौं । रिलायन्स इन्टरनेशनल एकेडेमीले ‘विज्ञान प्रदर्शनी तथा साहित्य मेला’ आयोजना गर्ने भएको छ । फागुन १ गते बिहीबारदेखि सुरु हुने साहित्य मेला ३ गतेसम्म चाबहिलस्थित कलेजको प्राङ्गणमा गरिने कलेजले जनाएको छ ।

रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत रहेको यस संस्थाले पत्रकार सम्मेलन गर्दै बिहीबारदेखि विज्ञान प्रदर्शनी तथा साहित्य मेला गर्ने तयारी गरेको जनाएको हो ।

विद्यार्थीहरूमा विज्ञान र सूचना प्रविधिको खोज, अनुसन्धान र अवलोकन विधिलाई अवलम्बन गरी उनीहरूलाई निरन्तर रूपमा अभ्यस्त बनाउने उद्देश्यले कार्यक्रम गरेको विद्यालयले जनाएको छ । यस प्रदर्शनीले करिब ५ हजार विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा राखेको स्कुलका प्राचार्य रविन्द्रजंग थापाले बताए । 

उनका अनुसार प्रदर्शनीमा विज्ञान र सूचना प्रविधि गरी जम्मा ४९ प्रदर्शनी तथा स्टलहरू रहने छ भने विद्यालय स्तरीय विज्ञान प्रदर्शनीहरू समेत रहने छन् । त्यसका साथै आर्ट, पेन्टिङ, होटल मेनेजमेन्ट, फेस पेन्टिङ, फुड स्टल र बुक स्टल पनि राखिने छ ।

मेलामा उपन्यासकारहरू अमर न्यौपाने र उद्धव प्याकुरेलसँग साक्षात्कार गरिने जनाइएकाे छ । साथै समापन समारोहमा पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रमहरू समेत हुने स्कुलले जनाएको छ । 

Share News