उपभोक्ता दिवस बहिस्कार गर्ने वा नगर्ने विषयमा उपभोक्तावादी वानियाँ र महर्जनबीच चर्काे विवाद

<p>काठमाडौं । मुलुकमा उपभोक्ता निरन्तर ठगिँदै आएका छन् । यसैबीच यसपटकको सरकारले आगामी बुधबार उपभोक्ता दिवस मनाउने तयारी गरिरहँदा उपभोक्तावादीले भने शुक्रबार बढेको ग्यासको मूल्यवृद्धिलाई विषय बनाएर सो दिवस बहिस्कार गर्ने चेतावनी दिएका छन् । उपभोक्ताका दैनिक सास्तीमा प्रायः निरपेक्ष रहने उपभोक्तावादी संघ संस्था विशेषगरी इन्धनको मूल्य बढ्दा भने चर्को विरोधमा उत्रनु स्वाभाविक हो । [&hellip;]</p>

काठमाडौं । मुलुकमा उपभोक्ता निरन्तर ठगिँदै आएका छन् । यसैबीच यसपटकको सरकारले आगामी बुधबार उपभोक्ता दिवस मनाउने तयारी गरिरहँदा उपभोक्तावादीले भने शुक्रबार बढेको ग्यासको मूल्यवृद्धिलाई विषय बनाएर सो दिवस बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

उपभोक्ताका दैनिक सास्तीमा प्रायः निरपेक्ष रहने उपभोक्तावादी संघ संस्था विशेषगरी इन्धनको मूल्य बढ्दा भने चर्को विरोधमा उत्रनु स्वाभाविक हो । यसपटक पनि केही उपभोक्तावादी संस्था विरोधमा उत्रिएका छन् ।

सोमबार आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा राष्ट्रिय उपभोक्ता मञ्त्रका अध्यक्ष प्रेमलालले सरकारले ग्यासको सिलिण्डरमा गरेको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने भन्दै मार्च १५ मा मनाउन लागिएको उपभोक्ता दिवस बहिस्कार गर्ने बताए ।

मञ्चका अध्यक्ष महर्जनले उपभोक्ता दिवस कै मुखमा मूल्य वृद्धि गर्नु असोभनिय भएकाले मूल्य वृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताए । उनले भने, ‘सरकार तथा आयल निगमले उपभोक्ता दिवस कै मुखमा उपभोक्तालाई दु: ख दिन मूल्य बढाउनूपर्ने के कारण छ ? आयोजक समितिमा सहभागी व्यवसायिक सस्थाहरुलाई उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा आफनो सेवा तथा वस्तुमा थोरै भएपनि मूल्य घटाई राहत महसुस हुने गरी बिक्रि बितरण गर्न हुन अनुरोध गर्ने सरकारले आफै दिवसको पूर्वसन्ध्यामा खाना पकाउने ग्यांसको मूल्य बढाउने काम गरी अत्यन्त गैरजिम्मेवार र अबिवेकपूर्ण काम गरेकोछ ।’

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने महर्जनको कुरामा असहमती जनाए । ‘उपभोक्तासँग जोडिएको विशेष दिन भएकाले हामील सबैले यो दिवस मनाउनुपर्छ,’ उनले भने, ‘मूल्यवृद्धिको निहूँमा उपभोक्ता दिवस नमनाउने कुरा गलत हो ।’

त्यसपछि यसैबीच महर्जन र बानियाँबीच भनाभन चलेको थियो । आपूर्ति मन्त्री दिपक बोहोराले मूल्यवृद्धि र उपभोक्ता दिवस फरक कुरा भएको बताए । उनले भने, ‘मूल्यवृद्धिका विषयमा हामी छुट्टै छलफल गर्न सक्छौं । तर यो उपभोक्ता दिवसलाई सफल पार्न सक्दो सहयोग गर्नुहोला ।’

बोहोराले विदेशबाट महँगो मूल्यमा किनेर सस्तोमा बेच्दा धान्नै नसकेकाले यस्तो निर्णय गरेको बताए । गत शुक्रबार सरकारले ग्यासको सिलिण्डरको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँले बढाएको थियो ।

सरकारले काठमाडौं बाहेक पनि अन्य ७४ जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उपभोक्ता दिवस मनाउने तयारी गरेको मन्त्रालयले जानकारी दिएको छ ।

Share News