लीपमोटरको ‘२० हजार डलर’ को ‘स्मार्ट ईभी’ सार्वजनिक

<p>काठमाडौं । लीपमोटरले मंगलबार स्मार्ट ड्राइभिङ प्रविधिसहितको नयाँ विद्युतीय सवारी (ईभी) सार्वजनिक गरेको छ । सार्वजनिक गरेको सवारीको मूल्य १ लाख ५० हजार युआन (२०,५३५ डलर) भन्दा कम राखिएको छ । यो घोषणा बीवाईडीले यस्ता स्मार्ट ईभीको मूल्य घटाएको भोलिपल्ट आएको हो । लीपमोटरले आफ्नो बी टेन मोडेलको प्रारम्भिक बिक्री मार्च १० देखि सुरू गर्ने [&hellip;]</p>

काठमाडौं । लीपमोटरले मंगलबार स्मार्ट ड्राइभिङ प्रविधिसहितको नयाँ विद्युतीय सवारी (ईभी) सार्वजनिक गरेको छ । सार्वजनिक गरेको सवारीको मूल्य १ लाख ५० हजार युआन (२०,५३५ डलर) भन्दा कम राखिएको छ ।

यो घोषणा बीवाईडीले यस्ता स्मार्ट ईभीको मूल्य घटाएको भोलिपल्ट आएको हो ।

लीपमोटरले आफ्नो बी टेन मोडेलको प्रारम्भिक बिक्री मार्च १० देखि सुरू गर्ने जनाएको छ । यो कम्पनीको पहिलो ईभी हो, जुन लिडार (एउटा दूरसंवेदन प्रविधि जसले लेजर प्रयोग गरेर दूरी मापन गर्छ र पृथ्वीको सतहको थ्रीडी मोडेल सिर्जना गर्छ) र सहरी ट्राफिक स्मार्ट ड्राइभिङ क्षमतासहित आउनेछ ।

चीनको बीवाईडीले सोमबार अधिकांश मोडेलहरूमा उन्नत स्वचालित ड्राइभिङ सुविधाहरू समावेश गर्ने घोषणा गर्‍यो, जसमा केही मोडेलहरूको मूल्य ९ हजार ५५५ जति कम राखिएको छ ।

विश्लेषकहरूका अनुसार यो रणनीति टेस्लाजस्ता प्रतिस्पर्धीहरूलाई ठूलो चुनौती दिनेछ र ईभी बजारमा नयाँ मूल्य युद्ध सुरु गर्नेछ ।

लीपमोटर स्टेलान्टिसको चिनियाँ साझेदार हो ।

Share News