दिगो डाँफेमा ८० प्रतिशतसम्मको फाइनान्स सुविधा, एक्सचेन्ज पनि गर्न सकिने

<p>काठमाडौं । दिगो डाँफे विद्युतीय स्कूल भ्यान ८० प्रतिशतसम्मको फाइनान्स सुविधासहित उपलब्ध भएको छ । न्यून अग्रिम भुक्तानीमा डाँफे प्राप्त गर्न सकिने दिगो ग्रुपले जनाएको छ । यो भ्यान विद्यालयहरूका लागि आर्थिक रूपमा पनि लाभदायक विकल्प बनेको छ । साथै पुराना गाडी साटेर नयाँ दिगो डाँफे खरिद गर्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध भएको दिगोले जनाएको [&hellip;]</p>

काठमाडौं । दिगो डाँफे विद्युतीय स्कूल भ्यान ८० प्रतिशतसम्मको फाइनान्स सुविधासहित उपलब्ध भएको छ ।

न्यून अग्रिम भुक्तानीमा डाँफे प्राप्त गर्न सकिने दिगो ग्रुपले जनाएको छ । यो भ्यान विद्यालयहरूका लागि आर्थिक रूपमा पनि लाभदायक विकल्प बनेको छ ।

साथै पुराना गाडी साटेर नयाँ दिगो डाँफे खरिद गर्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध भएको दिगोले जनाएको छ ।

५ वर्षभन्दा लामो समयदेखि नेपाली सडकमा सफलतापूर्वक सञ्चालन हुँदै आएको यो भ्यानले ४ लाख किलोमिटर भन्दा बढी यात्रा पूरा गरिसकेको छ ।

दिगो डाँफे पूर्ण रूपमा मेटल बडीबाट निर्मित भएकाले बलियो र टिकाउ छ । यसमा रहेको एबीएस र ईबीडीसहितको उन्नत ब्रेकिङ प्रणालीले आकस्मिक परिस्थितिमा सुरक्षित ब्रेकिङ सुनिश्चित गर्छ ।

नेपालका विविध भूगोललाई ध्यानमा राख्दै यसको १८८ मिमी ग्राउन्ड क्लिरेन्स राखिएको छ । ६० किलोवाटको शक्तिशाली मोटरको साथमा यो भ्यान स्कूल यातायातको लागि एकदमै भरपर्दो साबित भएको छ ।

एक पटकको चार्जमा दिगो डाँफेले ३०० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

यसमा रहेको सीएटीएल निर्मित लिथियम आयन फस्फेट ब्याट्रीले उच्च कार्यक्षमता र टिकाउपन प्रदान गर्ने दिगोले जनाएको छ ।

डिजल र पेट्रोलमा निर्भरता घटाउँदै विद्युतीय स्कुल भ्यानको प्रयोगले विद्यालयलाई केवल आर्थिक रूपमा मात्र होइन, वातावरणीय रूपमा पनि फाइदा पुर्‍याउँछ ।

Share News