काठमाडौं । रोयल इनफिल्डको महा राइड कार्यक्रम सम्पन्न भएको छ । ‘घुमौ मधेश, बुझौ मधेश’ भन्ने क्याम्पेन सफल पार्ने उदेश्यका साथ महा राइड सम्मन्न भएको हो ।
जनकपुरबाट सुरु भएको यो राइडमा ६० भन्दा धेरै रोयल इनफिल्ड राइडर सिन्धुली पुगेका हुन् ।
यस राइडको मुख्य उद्देश्य सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवद्र्धन, अनुशासित राईड, भातृत्व बिकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउने रहेको कम्पनीको भनाई छ ।
जनकपुरबाट सुरु भएको यो यात्रामा बर्दिबासका राइडरहरुलाई समेट्दै सिन्धुली पुगेको थियो ।
कार्यक्रमको औपचारिक उद्धाटन प्रमुख अतिथि मधेश प्रदेश यातायात मन्त्रालयका सचिव रन्जित यादवले गरेका थिए । साथै कार्यक्रमको फ्ल्यागअफ अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेल, नेशनल कार्ट हेड दिपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काले गरेका थिए ।
सचिव रन्जित यादवले सडक सुरक्षाबारे महत्वपूर्ण विचारहरू प्रस्तुत गर्नुका साथै, यातायात मन्त्रालयका सचिव रन्जित यादव लगायत अन्य अतिथिहरूले सुरक्षित राइडिङ संस्कृति र यस्तो कार्यक्रमले दिने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए ।