काठमाडौं । सोमबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयरको मूल्य प्रतिकित्ता १९३२ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको साधारणसभाको प्रयोजनको लागि बुकक्लोज भएपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८३ रुपैयाँ घटेको छ । गत विहीबार प्रतिकित्ता २४१५ रुपैयाँमा कारोबार भएको थियो ।
कम्पनीले २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । आगामी चैत १४ गते साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि फागुन २६ गतेसम्म सेयर लिएकाले उक्त बोनस सेयर पाउनेछन् ।