ग्राउण्ड ह्याण्डलिङमा नेपाल वायुसेवा निगमलाई अन्तराष्ट्रिय अवार्ड

<p>काठमाडौं । नेपाल बायु सेवा निगमले ग्राउण्ड ह्याण्डलिङ सेवामा लागि अन्तराष्ट्रिय अवार्ड पाएको छ । ग्राउण्ड ह्याण्डलिङ सर्भिसमा उत्कृष्ठ सेवा प्रदान गरेवापत निगमलाई सो अवार्ड दिन लागिएको हो । इन्टरनेशनल एयरट्रान्सपोर्ट एसोसियसन(आईएटिए)ले आईएटिए सेफ्टी अडिटर्स फर ग्राउण्ड अपरेशन(इसागो) अवार्ड दिने निर्णय गरेको हो ।‘हाम्रो ग्राउण्ड ह्याण्डलिङ सेवाको गुणस्तर मापदण्ड अन्तराष्ट्रियस्तरको रहेको भन्दै इसागोले गुणस्तर प्रमाण [&hellip;]</p>

काठमाडौं । नेपाल बायु सेवा निगमले ग्राउण्ड ह्याण्डलिङ सेवामा लागि अन्तराष्ट्रिय अवार्ड पाएको छ । ग्राउण्ड ह्याण्डलिङ सर्भिसमा उत्कृष्ठ सेवा प्रदान गरेवापत निगमलाई सो अवार्ड दिन लागिएको हो ।

इन्टरनेशनल एयरट्रान्सपोर्ट एसोसियसन(आईएटिए)ले आईएटिए सेफ्टी अडिटर्स फर ग्राउण्ड अपरेशन(इसागो) अवार्ड दिने निर्णय गरेको हो ।‘हाम्रो ग्राउण्ड ह्याण्डलिङ सेवाको गुणस्तर मापदण्ड अन्तराष्ट्रियस्तरको रहेको भन्दै इसागोले गुणस्तर प्रमाण चिन्ह दिने निर्णय गरेको छ, हामी केहि दिनभित्रै सो अवार्ड प्राप्त गर्दैछौं’, नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले विकासन्युजसँग भने ।


निगमले ग्राउण्ड ह्याण्डलिङबाट बर्षेनी तीन अर्ब भन्दा बढि आम्दानी गर्दै आएको छ । चालु आर्थिक बर्षको ६ महिनामै निगमले ग्राउण्ड ह्याण्डलिङबाट एक अर्ब ७६ करोड ३५ लाख २६ हजार ६ सय २६ रुपैंयाँ कमाईसकेको छ । निगमलेको ग्राउण्ड ह्याण्डलिङ सर्भिसको गुणस्तरमा प्रश्न चिन्ह उठाउँदै प्रतिष्र्धाका आधारमा नयाँ सेवा प्रदायक खोज्नुपर्ने आवाज उठिरहेका बेला इसागोले गणस्तर अवार्ड दिनुलाई निमगले महत्वपुर्ण उपलब्धिका रुपमा लिएको पनि कंसाकारले बताए ।

‘संसारभर ग्राउण्ड ह्याण्डलिङ सेवा सरकारी बायु सेवा कम्पनीले गर्ने चलन छ, तर हामी कहाँ निजी क्षेत्रका विमान कम्पनीलाई दिने प्रयासहरु भैरहेका थिए, अब हाम्रो सेवा गुणस्तर सिद्ध भएको छ, कसैले हामीबाट खोस्न सक्दैनन’, कंसाकारले भने । एक साता भित्रै इसागोले निगमलाई गुणस्तर चिन्ह प्राप्त गरेको प्रमाणपत्र हस्तान्तरण गर्ने महाप्रबन्धक कंसाकारले जानकारी दिए ।

Share News