भारतीय दूतावासको ५ करोड सहयोगमा विद्यालय भवन बनाइने

<p>कञ्चनपुर । वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयको भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने भएको छ । भवन बनाउन दूतावासले चार करोड ९९ लाख ९८ हजार ६४० रुपैयाँ प्रदान गर्ने वेदकोट नगरप्रमुख भोजराज बोहराले बताए । &#8216;दूतावासमा उदयदेव र शारदा माध्यमिक विद्यालय भवन निर्माणका लागि प्रस्ताव पेस गरेका थियौँ&#8217;, उनले भने, &#8216;उदयदेवको भवन निर्माणका लागि [&hellip;]</p>

कञ्चनपुर । वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयको भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने भएको छ ।

भवन बनाउन दूतावासले चार करोड ९९ लाख ९८ हजार ६४० रुपैयाँ प्रदान गर्ने वेदकोट नगरप्रमुख भोजराज बोहराले बताए ।

‘दूतावासमा उदयदेव र शारदा माध्यमिक विद्यालय भवन निर्माणका लागि प्रस्ताव पेस गरेका थियौँ’, उनले भने, ‘उदयदेवको भवन निर्माणका लागि प्रस्ताव स्वीकृत भएको छ ।’ विद्यालय भवन निर्माणको दश प्रतिशत लागत पालिको बेहोर्ने उनले बताए ।

Share News