बीमा प्राधिकरणको कार्यकारी निर्देशक बने सुवेदी, प्राप्त गरे ७७.१९४ अंक

<p>काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी सिफारिस भएका छन् । बुधबार बसेको पदपुर्ति समितिको बैठकले उनलाई कार्यकारी निर्देशकका लागि सिफारिस गरेको हो । उनलाई कार्यसम्पादन मूल्यांकनको आधारमा कार्यकारी निर्देशकमा नियुक्त गरेको प्राधिकरणले जानकारी दिएको छ । उनले आन्तरिक कार्यसम्पादन मूल्यांकन, जेष्ठता, शैक्षिक योग्यता र तालिमबापत् उच्च अंक पाउँदै सिफारिस भएका हुन् । [&hellip;]</p>

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी सिफारिस भएका छन् । बुधबार बसेको पदपुर्ति समितिको बैठकले उनलाई कार्यकारी निर्देशकका लागि सिफारिस गरेको हो ।

उनलाई कार्यसम्पादन मूल्यांकनको आधारमा कार्यकारी निर्देशकमा नियुक्त गरेको प्राधिकरणले जानकारी दिएको छ । उनले आन्तरिक कार्यसम्पादन मूल्यांकन, जेष्ठता, शैक्षिक योग्यता र तालिमबापत् उच्च अंक पाउँदै सिफारिस भएका हुन् ।

समितिले सिफारिस गरेसँगै अब प्राधिकरणले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ । उनले कुल ७७. १९४ अंक प्राप्त गरेका छन् ।

कार्यकारी निर्देशकका लागि सुवेदीसँगै कमलराज रेग्मी र पुजन ढुङ्गेल प्रतिस्पर्धामा थिए ।

भदौमा बीमा प्राधिकरणले कार्यकारी निर्देशक पाउने, यी हुन् निर्देशक बन्ने मुख्य दाबेदार

Share News