बालकृष्ण फाउन्डेसन र इष्ट पोल माविको सहकार्यमा कविता प्रतियोगिता सम्पन्न

<p>काठमाडौं । बालकृष्ण शिवाकोटी मेमाेरियल फाउन्डेसन र इष्ट पोल माद्यमिक विद्यालयको सहकार्य कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । यस फाउन्डेसन र इष्ट पोल माविको सहकार्यमा माघ २१ गते काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा उपत्यकाका विभिन्न विद्यालयका कूल २८ जना विद्यार्थीहरुको सहभागीता रहेको [&hellip;]</p>

काठमाडौं । बालकृष्ण शिवाकोटी मेमाेरियल फाउन्डेसन र इष्ट पोल माद्यमिक विद्यालयको सहकार्य कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । यस फाउन्डेसन र इष्ट पोल माविको सहकार्यमा माघ २१ गते काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा उपत्यकाका विभिन्न विद्यालयका कूल २८ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रतियोगिताको मूल्यांकन समितिमा डा.मधुसुदन लामिछाने, डा.रमेश लुइटेल र भावकेशर बराल रहेका थिए । प्रतियोगितामा उज्ज्वल तारा विद्यालयका विद्यार्थी प्राग्यिक खतिवडा प्रथम भएका छन् । उनले मेरो देश नामक कविता बाचन गरेका थिए ।

यस्तै, रिपुमर्दिनी सैनिक महाविद्यालयका संस्कृति पौडेल दोस्रो भएका छन् भने नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयका पंकज विनाडी तेस्रो भएका छन् ।

प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार स्वरुप प्रमाणपत्र प्रदान गरिएको छ । प्रथमलाई २० हजार रुपैयाँ, दोस्रोलाई १५ हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो । साथै, सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगीहरुलाई प्रमाणपत्र र १ हजार रुपैयाँ प्रदान गरिएको जनाएको छ ।

फाउन्डेसनका अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिति वरिष्ठ कवि प्रभा भट्टराई रहेका थिए । कार्यक्रममा विशेष अतिथि अभिनभ साहित्य समाजका अध्यक्ष गोविन्द वेदमणी घिमिरे, रत्न राज्य माध्यमिक विद्यालयका पूर्वप्राचार्य डा गीता शिवाकोटी, पाटन उच्च अदालतका पूर्वन्यायाधिस शेषराज शिवाकोटी र पद्मकन्या माद्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक ईश्वर सापकोटा अतिथि रहेका थिए ।

 

Share News