स्थापना भएको पाँच वर्षपछि औषधी लिमिटेडले पायो जीएमपी प्रमाणपत्र

<p>काठमाडौं । नेपाल औषधी लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधी उत्पादन अभ्यास (जीएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । स्थापना भएको पाँच दशकपछि जीएमपी प्रमाणपत्र पाएको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले बताए । विसं २०२९ सालमा कम्पनी स्थापना हुँदा जीएमपीको प्रावधान थिएन ।  यो प्रावधान आएपछि कम्पनीले औषधी उत्पादन बन्द गरेको थियो । विसं २०७४ सालदेखि [&hellip;]</p>

काठमाडौं । नेपाल औषधी लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधी उत्पादन अभ्यास (जीएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । स्थापना भएको पाँच दशकपछि जीएमपी प्रमाणपत्र पाएको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले बताए ।

विसं २०२९ सालमा कम्पनी स्थापना हुँदा जीएमपीको प्रावधान थिएन ।  यो प्रावधान आएपछि कम्पनीले औषधी उत्पादन बन्द गरेको थियो । विसं २०७४ सालदेखि कम्पनीले मापदण्डमा औषधी उत्पादन सुरु गरेपछि सोमबार प्रमाणपत्र प्राप्त गरेको हो ।

पनेरुले प्रमाणपत्र प्राप्त गर्नु आफैमा ठूलो उपलब्धी भएको बताए । हाल कम्पनीले ओरल रिहाइड्रेसन साल्ट (ओआरएस), ट्याबलेट र हेमोडालाइसस  फ्लूड  (पार्ट–१ र २) अन्तर्गत १४ प्रकारका औषधि उत्पादन गरिरहेको छ ।

कम्पनीले आगामी दिनमा दीर्घरोगीका लागि लक्षित गरी कोलेस्ट्रोल, सुगर र प्रेसरको औषधी उत्पादनका योजना बनाएको महाप्रबन्धक पनेरुले बताए । सरकारबाट आवश्यक बजेट विनियोजन भए कम्पनीको योजनामा रहेका सबै ९८ वटा प्रकारका औषधि उत्पादन गर्न समेत सकिने पनेरुलेको भनाइ छ ।

दीर्घरोगीका लागि औषधी उत्पादन गर्न काठमाडौं महानगरपालिकासँग सहकार्य सुरु गर्ने बताइएको छ । पनेरुले कम्पनी र काठमाडौँ महानगरपालिकाबीच दीर्घरोगीका लागि औषधि उत्पादनका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको बताए ।

Share News