क्यान्सरबाट जोगिन सावधानीका साथ स्वास्थ्यको हेरचाह गरौँ : उपसभामुख राना

<p>काठमाडौं । उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीकासाथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गरेकी छन् । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले क्यान्सर लाग्नबाट जोगिन सावधानी अपनाउनु जरुरी रहेको बताइन् । क्यान्सर पीडितलाई पनि परिवारको माया र प्रेम आवश्यक हुने बताइन् । समाजको काम गर्न [&hellip;]</p>

काठमाडौं । उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीकासाथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गरेकी छन् । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले क्यान्सर लाग्नबाट जोगिन सावधानी अपनाउनु जरुरी रहेको बताइन् । क्यान्सर पीडितलाई पनि परिवारको माया र प्रेम आवश्यक हुने बताइन् । समाजको काम गर्न कुनै ठूलो फण्ड आवश्यक पर्ने भन्दै सँगै मिलेर कामहरु गर्न जरुरी रहेको जानकारी दिइन् ।

उपसभामुख रानाले भनिन्, ‘क्यान्सर लाग्नबाट जोगिन हामीले सावधानी अपनाउनुपर्छ । लाग्यो भनेपनि कसरी बच्न सकिन्छ भनेर हेर्नुपर्छ । सँगै मिलेर अलिअलि पैसा उठाएर हामी धेरै कामहरु गर्नसक्छौँ ।’

उपसभामुख रानाले क्यान्सरपीडितलाई माया गर्नुपर्ने बताइन् ।

Share News