सूर्यज्योति लाइफको नाफा साढे १९ करोड रुपैयाँ, २२.२६ प्रतिशत बढ्यो दाबी भुक्तानी

<p>काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ३.३७ प्रतिशत बढेर १९ करोड ६१ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ९७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क १९.८३ प्रतिशत [&hellip;]</p>

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ३.३७ प्रतिशत बढेर १९ करोड ६१ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ९७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क १९.८३ प्रतिशत बढेर ४ अर्ब ९८ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब १५ करोढ ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

६ महिनामा कम्पनीको खुद दाबी भुक्तानी २२.२६ प्रतिशत बढेर ५ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ६१ करोड २३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको कुल आम्दानी १९.३५ प्रतिशत बढेर ७ अर्ब ६७ हजार रुपैयाँ र कुल खर्च १९.७८ प्रतिशत बढेर ६ अर्ब ६४ करोड ८ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीले कुल आम्दानी ५ अर्ब ८६ करोड ४९ लाख रुपैयाँ गरेको थियो भने कुल खर्च ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ, महाविपत्ति कोष ३८ करोड ६९ लाख रुपैयाँ, सञ्चित नाफा ३२ करोड ८२ लाख रुपैयाँ, अन्य इक्विटी ४५ करोड ९८ लाख रुपैयाँ र जीवन बीमा कोष ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७० पैसा घटेर ७.८३ रुपैयाँमा झरेको छ कम्पनीको मूल्य आम्दानी अनुपात ५६.७३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२३.४४ रुपैयाँ रहेको छ ।

Share News