पाठेघरको मुखको क्यान्सर रोक्न किशोरीलाई लगाइँदै  एचपीभी खोप, १ अर्ब ३० करोड खर्च

<p>काठमाडौं । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सरकारले मङ्गलबारदेखि देशभर खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर देशभर पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।   यो अभियानअन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ [&hellip;]</p>

काठमाडौं । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सरकारले मङ्गलबारदेखि देशभर खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर देशभर पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।  

यो अभियानअन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७ सय ६८ किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ । खोप शाखाका अनुसार कक्षा ६ देखि १० मा अध्ययन गर्ने वा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार बढी किशोरीलाई यो खोप लगाइने भएको छ ।

फागुन ७ गते सम्म सञ्चालन हुने अभियानका लागि १ अर्ब ३० करोड खर्च हुने अनुमान गरिएको छ । । भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा नेपाल सरकारले एचपीभी खोप ल्याइएको हो । नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक ४ जनाको मृत्यु हुने गर्छ भने दैनिक औसत ६ जनालाई पाठेघरको मुखको क्यान्सर देखिने गरेको अध्ययनले देखाएको छ ।

क्यान्सर के कारण लाग्छ भन्ने थाहा नभए पनि पाठेघरको मुखको क्यान्सर भने एचपीभी भाइरसबाट हुने चिकित्सकहरूले बताएका छन् । समयमै यसको परीक्षण गरेमा यो भाइरस शरीरमा भए/नभएको १० वर्षअघि नै थाहा पाउन सकिन्छ । समयमै पत्ता लागेमा निको बनाउन सकिने वा यसको जोखिमलाई न्यूनीकरण गर्न सकिने उनीहरूको भनाइ छ । 

एचपीभी खोप के हो ?

ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) एक किसिमको भाइरस हो । जसले संक्रमण गर्दा पाठेघरको मुखको क्यान्सर हुन्छ । विभिन्न देशमा गरिएको अध्ययनअनुसार पाठेघरको मुखको क्यान्सर ९५ प्रतिशतभन्दा बढी यो भाइरसले गराउँछ ।

एचपीभीका दुई सय भन्दा बढी प्रजातिहरू हुन्छन् । तीमध्ये कम्तीमा १२ प्रतिशतले पाठेघरको मुखको क्यान्सर गराउने गरेको पाइएको छ । यो भाइरसले सङ्क्रमण गर्दा महिलाहरूको पाठेघरको मुखको क्यान्सरका साथै यौनाङ्गमा समेत क्यान्सर बनाउने गर्छ । 

यो रोग कसरी सर्छ ?

एचपीभी सर्ने मुख्य माध्यम भनेको यौन सम्पर्क हो । रोग सङ्क्रमित व्यक्‍तिसँगको यौनसम्पर्कबाट सर्छ । यो संक्रमण महिलामा मात्र नभइ पुरुषमा पनि हुन्छ । 

लक्षणहरू

यो रोग लाग्दा सुरुमा धेरै लक्षणहरू देखा पर्दैन । रोग लागेको अन्तिम अवस्थामा मात्र पहिचान हुन्छ । यौनाङ्ग क्यान्सर हुनुका साथै मुसा आउने गर्छ । रोग लागिसकेपछि तल्लो पेट दुख्ने, गन्हाउने पानी बग्ने, धेरै रगत बग्ने समस्या देखा पर्छ । यो रोग लागेको छ वा छैन भनेर थाहा पाउन पाठेघरको मुखको पानीको परीक्षण गरेरमात्र थाहा हुन्छ । 
 

Share News