सिपी मैनालीको गुनासोः बिष्णु पौडेलले तीन करोड रुपैंयाँ पनि पत्याएनन

<p>काठमाडौं । नेकपा(माले)का महासचिव सीपी मैनालीले आफुलाई तीन करोड रुपैंयाँ नदिएर बिष्णु पौडेलले अपमानित गरेको आरोप लगाएका छन् । बिहिबारको अर्थ समिति बैठकमा पुराना कुरा याद गर्दै उनले भने–‘मैले डेढ डेढ करोडका दुई वटा आयोजनाका लागि तीन करोड रुपैंयाँ बजेट मागेको थिएँ तर बिष्णु पौडेलले पत्याएनन् ।’ केपी ओली नेतृत्वको अघिल्लो सरकारमा सीपी मैनाली उप [&hellip;]</p>

काठमाडौं । नेकपा(माले)का महासचिव सीपी मैनालीले आफुलाई तीन करोड रुपैंयाँ नदिएर बिष्णु पौडेलले अपमानित गरेको आरोप लगाएका छन् । बिहिबारको अर्थ समिति बैठकमा पुराना कुरा याद गर्दै उनले भने–‘मैले डेढ डेढ करोडका दुई वटा आयोजनाका लागि तीन करोड रुपैंयाँ बजेट मागेको थिएँ तर बिष्णु पौडेलले पत्याएनन् ।’

केपी ओली नेतृत्वको अघिल्लो सरकारमा सीपी मैनाली उप प्रधान एंव महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थिए भने बिष्णु पौडेल अर्थ मन्त्री थिए । बजेट विनियोजनको बिकृति तर्फ संकेत गर्दै उनले अघि थपे,‘म उप प्रधान मन्त्री थिएँ, मेरै कुरा सुनिएन, मैले तीन करोड बजेट पनि पाइँन, उप प्रधानमन्त्रीले त बजेट पाउँदैन भने दुर दराजका जनताले कसरी पाउन ।’

मैनालीले वर्तमान सरकारले जथभावी गरेको रकमान्तरबारे छलफल गर्न आयोजना गरेको बैठकमा बजेट विनियोजनमा हुने शक्तिको खेलबारे कटाक्ष गरेका हुन् । ठुला दलका नेताहरुले साना दलहरुलाई बजेट विनियोजनमा विभेद गर्दै आईरहेको गुनासो पनि गरे ।‘हामी साना दललाई ठुला दलहरुले एक लाल गेडी पनि बजेट पनि पत्याउँदैनन, हामी त हेपिएका छौं भने जनताले समानुपातिक ढंगले कसरी बजेट पाउँछन’, मैनालीले भने ।

बैठकमा अर्थ मन्त्री कृष्ण बहादुर महराले चालु आर्थिक बर्षको बजेट विभेदकारी रहेको आरोप लगाएका थिए ।‘अहिलेको बजेट विभेदकारी छ, कर्णाली र सुदुरपश्चिमलाई थोरै बजेट दिईएको छ, मध्यमाञ्चल र पुर्वाञ्चलमा धेरै रकम विनियोजन गरिएको छ’, मन्त्री महराले भने ।

Share News